पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा


मङ्सिर ३, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे ।

पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुने जानकारी दिए । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे ।

३ मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको