मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसारका लागि दाङमा माेटरसाइकल र्याली


मङ्सिर ३, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप सोमबार दाङमा माेटरसाइकल र्याली गरेकाे छ ।

सयौंको सङ्ख्यामा तुलसीपुरदेखि घाेराहीसम्म झण्डासहित र्याली गरिएको नेकपा दाङ इन्चार्ज सविनले जानकारी दिए । यहि मंसिर ८ गते काठमाडौंमा हुन गइरहेको विशाल जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्याली तथा प्रदर्शन गरिएको हो ।

नेकपाका जिल्ला सेक्रेटरी विक्रमले र्यालीर्यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । सोमबार बिहान मोटरसाइकल जुलुस निकालेको छ ।

मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताएका छन् ।

२०७५ मंसिर ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको