नेकपाका गोरखा जिल्ला इन्चार्जसहित तीन जना पक्राउ


मङ्सिर ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, जीवन क्षेत्री, विद्यार्थीका जिल्ला अध्यक्ष शुसान सुवेदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई साेमबार जिल्लाबाटै यही मंसिर ८ गतेको प्रचारप्रसार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ ।

गण्डक ब्युरोे इन्चार्ज आस्थाले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएकी छन । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न नेकपाले माग गरेको छ ।

३ मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको