मंसिर ३, काठमाडौं । यतिबेला राष्ट्रपतिको १८ करोडको गाडी प्रकरणलाई लिएर चारैतिर बिरोध भैरहेको छ । सर्वसाधारण देखि समाजसेवी र राजनीतिज्ञ देखि कलाकार सम्मले सामाजिक संजालमा बिरोध जनाएका छन् ।
देशका नेताहरु जनताको दुखलाई रेखदेख गर्ने भन्दा राज्यको ढुकुटीबाट महँगा कार चढ्ने विलासीताको जिन्दगि देखेर हरेक नेपालीहरु आश्चर्यमा पर्ने गरेका छन् ।
यस्तै युकेमा रहेकी चर्चित समाजसेवी इशा गुरुङले गरिबहरु तुइनमा झुण्डिएर नदि तरिरहेको फोटो र अपाङ्ग गरिव वृद्धको भिडियो शेयर गर्दै, १८ करोडको गाडी चढ्नु अघि तिनै गरिबहरुलाइ ध्यान दिन आग्रह गरेकी छन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेकी छन्, राष्ट्रपति ज्यु, ‘हजुर १८ करोडको गाडी किन्नु हुँदैछ रे…! १८ करोडको गाडी चढ्नु अघि यी गरिब जनताहरु प्रति यसो ध्यान दिनुस न पिलिज…!’
समाजसेवी इशा गुरुङ देशका दुखि गरिवहरुलाई आर्थिक सहयोग अभियान मार्फत निरन्तर सहयोग गर्दै आएकी छिन् । उनको सहयोगले थुप्रै अलपत्र परेका गरिवहरु उद्दार भएका छन् ।
यस अघि चर्चित नायिका रेखा थापाले पनि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बिरोध जनाएकी थिइन । गरिब देशका महिला राष्ट्रपति आफु सवार हुने गाडीमा १८ करोड लगानीले देशलाई के दिन्छ ? भन्दै राष्ट्रपतिलाई नै प्रश्न गरेकी थिइन् ।
थापाले भनेकी थिइन्, कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ ?
प्रतिक्रिया दिनुहोस