जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि पत्रकारसहितको बैठक सम्पन्न


मङ्सिर ३, काठमाडौं । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा मङ्सिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी साथै प्रचारप्रसार लाई तीव्र पारेको छ ।

जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि सोमबार काठमाडौंमा पार्टी पिविएम अनिल विरहिको बिशेश उपस्थिति र पार्टी केन्द्रीय सदस्य तथा नारायणी व्युरो ईन्चार्ज मिलनको उपस्थिति रहेको थियोे ।

प्रचारप्रसारलाई व्यवस्थित पार्न बसेको बैठकमा नेकपाले केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गठित समितिका सदस्य तथा क्रान्तिकारी पत्रकार सँगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगाएतका पत्रकार सँगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

बैठकमा विभिन्न अनलाइन, पत्रपत्रिका लगाएत मिडियाका पत्रकारहरुको सहभागीता रहेको थियोे । प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचारप्रसार उपसमिति सक्रियता पुर्वक लागेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौंमा सम्पन्न गरिसकेको छ ।

बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना बनाउने निर्णय भएको छ । बैठकले जनसभालाई प्रचारप्रसारको हिसाबले महत्त्वपूर्ण बनाउन पत्रकार पदाधिकारी र मिडियाहरुसहित पार्टीका नेताहरूको बैठक बसेको हो ।

बैठकमा विभिन्न अनलाइन,पत्रपत्रिका,रेडियो र टेलिभिजनबाट सहभागिता रहेको समिति सदस्य भिम चापागाईंले बताए ।

२०७५ मंसिर ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको