मङ्सिर ३, मलेसिया । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको पहलमा रोल्पाका प्यारेलाल नेपालीलाई उद्दार गरेको छ ।
रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का प्यारेलाल नेपाली बिगत दुई बर्ष देखि मलेसियामा कार्यरत थिए तर कम्पनीमा भने जस्तो सेवा सुबिधा नभए पछि केही समय यता उनि अबैधानिक भएर काम गर्दै आएका थिए ।
यसैक्रममा नेपालीलाई पेटमा गम्भीर समस्या देखिएपछी हस्पिटलमा भर्ना भएका थिए । पेटको अपरेसनमा खर्च भएपछी उनि आर्थिक अभावमा अलपत्र परेका थिए ।
उनि अलपत्र परेको बेला मलेसिया स्थित जोहोर राज्यमा ब्यबसायी गर्ने पाल्पाका लुम रानामगरको आश्रयमा रहेको बेला अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोगका लागि पहल गरेको थियो । संस्थाको पहलमा ४ हजार १ सय ९६ मलेसियन आरएम रकम सङ्कलन भएको थियो । उक्त पहल पश्चात प्यारेलाल नेपाली घर फर्किसकेका छन् ।
प्यारेलाल नेपाली मलेसियामा अवैधानिक भएका कारण इम्मिग्रेशनमा २१ सय आरएम तिरेर नेपाल फर्किन टिकटका लागि १० हजार ५० खर्च भएको थियो । सहयोग संकलनबाट ३१ सय ५० खर्चभइ बचेको १ हजार ४६ आरएम रकमलाइ पिडितको सहयोगका लागि दिईने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष शुगम मगरले बताए ।
प्रतिक्रिया दिनुहोस