मङ्सिर ३, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आउदो मङ्सिर ८ गते काठमाडौं खुल्लामञ्चमा हुने कार्यक्रमको आन्तरिक र बाहिय अन्तिम तयारी नजिक पुगेको छ । जनासभा हुनु भन्दा करिव एक हप्ता अगाबै प्रवक्ता प्रकाण्डको जनसभाको आन्तरिक तयारि गर्दै गरेको गोप्य तस्बिर बाहिरिएको छ ।
अर्धभूमिगत मानिएको नेकपाले एकाएक खुल्ला सभा गर्ने भएपछी धेरैलाई आश्चर्य र जिज्ञासाको बिषय बनेको छ । विप्लवले गर्ने कार्यक्रम कस्तो प्रकारको हुन्छ ? उनि स्वयम् उपस्थित हुन्छन वा हुँदैनन् ? कार्यक्रमका लागि मङ्सिर ८ लाई नै किन रोज्यो ? भन्ने चासोको बीच नेकपाको कार्यक्रम बारे केहि खुलासा भएको छ ।
खुल्लामञ्चमा हुने जनसभामा विप्लव स्वयम उपस्थित हुने बिभिन्न मिडियामा प्रचार भएतापनि उनको सहभागीता नहुने देखिन्छ । विप्लव अर्धभूमिगत रहेर प्रबक्ता प्रकाण्डलाई जनसभाको सम्बोधन गर्ने जिम्मा दिएको खुलासा भएको हो ।
तर विप्लवले जनसभाको लागि मङ्सिर ८ लाइ नै किन रोजे र आफु अझै किन खुल्लामन्चमा आउन चाहेनन् भन्ने बारे गोप्य राखिएको छ ।
प्रचारप्रसार उपसमितिको बैठकमा देखिएका प्रकाण्ड लगायतको टोलीको बैठक कुन ठाउँमा बसेको हो भन्ने बारे पनि गोप्य राखिएको छ, तर जनसभाको प्रमुख बक्ता प्रकाण्ड हुने स्रोतको दावी रहेको छ ।
नेकपाको जनसभालाई शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । शक्ति प्रदर्शनीलाई ध्यानमा राखेर देशैभरिबाट ठुलो शक्ति काठमाडौं भित्र्याउने तयारी गरेको छ ।
आफ्नै सेना निर्माण भइसकेको दावी गर्ने विप्लव नेतृत्वको नेकपाले सोहि शैन्य फोर्सको कमाण्डमा लाखौ जनसमुदाय खुल्लामञ्चमा ओराल्ने योजना बनाएको अनुमान छ । त्यसै अनुरुप गाउँ देखि शहर सम्म प्रचारप्रसारलाई तिब्र बनाइएको छ ।
देशै भरिका जिल्लाहरुबाट बिशाल जनशक्तिलाई खुल्लामञ्चमा ल्याउन नेकपाले आफ्नो स्थानीय निकायमा गाडी सहितको ब्यबस्थापन गरेको छ । सम्बन्धित पार्टी क्याडरहरुलाई ठुलो परिणाममा जनशक्ति भित्र्याउन निर्देशन दिएको छ ।
स्थानीय सरकार गठन पछी देशव्यापीरुपमा देखिएका हत्या बलात्कार तथा जघन्य अपराधहरु प्रति देखिएको राज्यको उदासीनता, महंगी तथा कालोबजारी, केन्द्र देखि स्थानीय सरकारमा देखिएको दलालिकरण र भ्रष्ट्राचार बिषयलाई मुख्य हतियार बनाएर राजनीतिक भण्डाफोर सहित प्रकाण्ड लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्न खुल्लामञ्चमा आउने प्रचारप्रसार उपसमितिले खुलाएको छ ।
जनसभालाई केन्द्रित गरेर प्रचारप्रसारलाई तीव्र पार्न नेकपाले केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे, भीमप्रसाद चापागाईं र मोहन खतिवडा सहित पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौमा सम्पन्न भएको थियाे ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस