पूर्वराजाको दशैँ टीका सर्बसाधारणसंग, नेताहरु आफन्तसंग [फोटोफिचर]


कार्तिक २, काठमाडौं । देशका ठुला चर्चित नेताहरु आफन्त संग टिका ग्रहण गरिरहेको बेला पुर्व राजा ज्ञानेन्द्रले सर्वसाधारण बीच टिका ग्रहण गरेका छन् ।

हेर्नुहोस गणतन्त्र नेपालका नयाँ नेताहरु र अवसान भएको राजतन्त्रका पुर्वराजाको दशैँ टिका यस्तो थियो  ।

आमाको हातबाट राष्ट्रपतिको दशैँ टिका 

राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट पनि टीका लगाएकी छिन् । लगतै राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिएकी छन् ।

प्रधानमन्त्रीले पिताको हातबाट दशैंको टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् ।

बाबुरामले पिताको हातबाट लगाए दशैंको टीका

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेको भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

हरेक बर्ष आफ्नो पिताको हातबाट टिका ग्रहण गर्ने गरेका भट्टराईले यसपाली पनि आफ्नै पिताको हात बाट टिका थापेका थिए । पिताको हातबाट टीका र आर्शिवाद ग्रहण गर्दा खुसी लागेको भट्टराईले बताएका छन् ।

पुर्वराजा ज्ञानेन्द्र शाहाले सर्वसाधारणबाट टिका ग्रहण 

विजयादशमीको अवसरमा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा टिका ग्रहण गर्न आएका सम्पूर्णलाई टिका, जमरा लगाइदिएका छन् । टिका लगाउन पूर्वमन्त्री पूर्वसेना, प्रहरीका अधिकृत, साधुसन्तलगायत सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

टिका लगाउने कार्यक्रममा पूर्वरानी कोमल शाहको पनि उपस्थिती रहेको थियो ।

२ कार्तिक २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको