कत्तिक २ दाङ । आज दशैको टिकाको दिन दाङमा टीका नलगाउदै एकजनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका २ बराखुटीमा बिहान ९.३० बजेको समयमा मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ४ माैरीघाट निवासी ३८ वर्षिय शैलेन्द्र चाैधरीको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ गइरहेको रा १ प ७०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चाैधरीको फ्लाेरेन्स अस्पताल लमहीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस