पुरानो राजा हटेको संबिधान हो यो
नयाँ महाराजा अटेको संबिधान हो यो
के खुसमा दिवस मान्ने निर्धन वर्गलाई
अन्यायले शिर टटेको संबिधान हो यो
नदिनाला भरी बिभिन्न बहाना बनाउदै
बिदेशमा बेच्न खटेको संबिधान हो यो
शान्ति समृद्धिको भ्रम फैलाएर देशमा
सेतो आतंकमा डटेको संबिधान हो यो
आमा, छोरी, चेलीको रक्षा गर्न नसक्दा
नैतिकता झनै घटेको संबिधान हो यो
सहिदका सपना बिस्तारवादलाई बेचेर
प्रति- क्रान्तिमा सटेको संबिधान हो यो
प्रतिक्रिया दिनुहोस