असोज ३, रोल्पा । पश्चिम रोल्पाको माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा संविधान दिवसको अवसरमा ¥याली निकालिएको थियो ।
माडी गाउपालिका रोल्पाको आयोजनामा घर्तीगाउ बजार परिक्रमा गरीएको उक्त ¥याली बजारको मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँएको हो । पहिलो पटक सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको हो ।
कोणसभाको कार्यक्रमलाई सम्बोधन गर्दै माडी गाउपालिका प्रमुख नन्द बहादुर पुनले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै लामो संघर्ष र बलिदानीबाट जारी भएको संबिधानलाई कार्यान्वयन गरी देशलाई सम्बृद्धीको दिशामा अघि बढाउनु पर्ने सबैको दायित्व भएको बताउनुभएको छ ।
साथै संविधानमा लेखिएका अधिकारलाई जनताको न्याय सँग जोड्दै देश विकास र संबृद्धीमा लाग्नु नै अहिलेको आबस्यकता भएको उहाको भनाई छ । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाले संबिधान कार्यान्वयनको पक्षलाई बलियो बनाउन आबस्यक रहेकोमा जोड दिनुभयो ।
सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु आग्रह समेत गर्नुभएको छ । नयाँ नेपाल निर्माण र जनआकांक्षा सम्वोधनमा सबैले ध्यान दिन आवश्यक रहेको कुरामा पनि गाउपालिका प्रमुख पुनले जोड दिनुभएको थियो ।
संविधानको मर्म अनुसार नेपालमा संघीयता संस्थागत भइसकेको उल्लेख गर्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न वनाउनका लागि संविधानको भुमिका अहम भएको जनाईएको छ ।
संबिधान दिवशको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधी, सरकारी कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
साथै व्याडमिन्टन समिति माडी गाउपालिका २ घर्तीगाउ रोल्पाको आयोजनामा संबिधान दिवशको अवसर पारेर डवल व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । माडी गाउपालिका स्थित बिभिन्न कार्यलयका कर्मचारी, स्थानियको बिचमा भएको प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए ।
जसमा गणेश बुढामगर र रन्जित शाहको टिम प्रथम, पुनराम घर्तीमगर र नरेन्द्र घर्तीमगरको टिम द्धितिय, चुडामनि बुढामगर र सुरेन्द्र श्रेष्ठको टिम तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १२ हजारको खसि, ८ हजारको खसि र २ हजारको भाले पुरस्कार प्राप्त गरेको खेलकुद संयोजक सन्जित वलीले जानकारी दिनुभयो । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस