संबिधानमा के के लेख्यौ ?


तिम्रो मनले कसरी स्विकारयो संसदीय प्रणाली
निर्दोष गरिबलाई सहिद बनाइ कुर्सी किन रोज्यौ ?

भनेको पूरा गर्न नसक्नेले, ढ्यांग्रो ठोक्यौ समाजमा,
छुवाछुत नानाभाती यथावतै अझैसम्म राख्यौ !

हेर्दै जाउ तिम्रो कालखन्ड तराजुमा जोखिदैछ,
भन अहिलेसम्म संबिधानमा के के लेख्यौ ?

शहिदको रगतमा व्यापार गरेर आज
समस्या यथवतै राखी आफ्नो मात्र स्वार्थ देख्यौ !

१७ हजार ले बलिदान दिँदा, के सम्झौता गरयौ कुन्नि,
सुबिधा युक्त सवारी र घुम्ने कुर्सी बाहेक अरु के देख्यौ ?

*रचनाकार विप्लव नेतृत्वको नेकपामा आबद्ध हुनुहुन्छ
३ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको