असाेज ३ काठमाडौ । जिका भाइरसकाे नाम त प्राय ले सुन्न भएकाे छ हाेला । जिका भाइरस गर्दा नेपाल बाहेकका अन्य केहि देशमा धेरै मान्छेको ज्यान गइसकेको छ। याे भाइसर नेपालमा नभएपनि भारतमा चाहिँ रहेकाे छ। नेपाल र भारतकाे खुल्ला सिमानाका कारण अागामी लिनमा नअाउला भन्न सकिदैन।
नेपालमा पनि जिका भाइरस लगाउनेे लामखुट्टे भएकाले नेपालीहरुले जिका बारेमा चासाे र जानकारी लिनु जरुरी छ। करिब ८० प्रतिशत संक्रमित व्यक्तीले जिकाकाे लक्षण नदेखाउने गर्छन।
यस्ता छन जिका भाइरसका लक्षण
१-ज्वराे अाउनु , टाउकाे दुख्नु ,जाेर्नि दुख्नु , छालामा बिमिरा अाउनु , अाखाँ राताे हुन , शरीर अालस्य हुन अादि यसका लक्षण हुन।
२- ८० प्रतिशत लक्षणहरु नदेखिन सक्छ।बाँकीमा पनि लक्षणहरु सामान्य रुपमा देखिन्छ।लक्षण एक साता सम्म देखिन सक्छ।
३- गर्भवती भएकाे अवस्थामा जिका संक्रमन भए जन्मिने बच्चाकाे टाउकाे सानाे हुने र स्नायु प्रणालीमा असर गर्ने लक्षण देखिन सक्छन।
निदान कसरी गर्ने
१ – लक्षण तथा संकेत डेंगु लगायत अन्य लामखुट्टे जन्य राेगहरुसँग मिल्दाे जुल्दाे हुने भएकाले प्रयाेगशालामा निदान गर्नु जरुरि छ।
२- शरिरकाे तरल पदार्थ जस्तै पिसाब , वीर्य , र्याल लगायतका नमुनाबाट यसकाे निदान गर्न सकिन्छ।
३ – जिकाकाे बिशेष अाैषधि उपलब्ध छैन। त्यसैले धेरै मात्रामा झाेलिलाे पदार्थ खानेकुरा खानुपर्दछ।
४ – लक्षणका अाधारमा अाैषधि उपचार गर्नु पर्दछ।
५- लामखुट्टे खाेजेर नष्ट गर्ने भन्दा जिका भाइरस र लामखुट्टे सबन्धित जनचेतनामूलक कार्यक्रम सशक्त रुपमा गाउँगाउँमा सञ्चालन गर्नु पर्दछ।
६- जिका लगाउने लामखुट्टे ले दिनमा पनि टाेक्ने भएकाले सावधानी अपनाउनु पर्दछ।
७-लामखुट्टे काे टाेकाई बाट बच्ने उपायाहरु अपनाउनु पर्दछ।लामखुट्टे काे लागि उपयुक्त वातावरण सिर्जना गर्नु हुदैन। जस्तै पानी जम्ने ठाउँ , प्लास्टिकको समान जथाभावी फाल्नु हुदैन यसकाे व्यवस्थापन गर्नु पर्दछ।
८ – अाफुलाई थाहा भएकाे जिका सबन्धि जानकारी सबैलाई बाडनु पर्दछ।
९- जिका भाइरस देखिएकाे अवस्थामा सरकारकाे नियन्त्रण प्रयासमा स्थानीयले हातेमालाे गर्नुपर्दछ। जसले गर्दा जिका फैलनबाट राेक्न सहज हुनेछ।
प्रतिक्रिया दिनुहोस