बिचल्ली परेका ५ बच्चालाई रकम हस्तान्तरण: फेरी जुटिन इशा मृगौला पिडितको सहयोगमा


असोज ३, बाजुरा । अभिभावक बिहिन बिचल्ली परेका बाजुराका ५ बालबालिकाहरुलाई संबिधान दिवशको अवसर पारेर समाज सेवी इशा गुरुङको नेतृत्वमा उठेको सहयोग रकम हस्तान्तरण भएको छ।

युकेमा रहेकी चर्चित समाजसेवी इशा गुरुङको नेतृत्वमा र नेपालबाट खुसि राइको समन्वयमा संकलन भएको रकम रु. ३ लाख ४८ हजार उठेको थियो । त्यसै गरि बाजुराका पत्रकार प्रकाश सिङको पहलमा १ लाख ५२ हजार सहयोग रकम उठेको थियो ।

असोज ३ को संविधान दिवसको अबसरमा दाताहरु द्वारा संकलित जम्मा रकम रु. ५ लाख बाजुराका ५ बच्चाहरूलाई हस्तान्तरण गरिएको छ । उक्त रकम बाजुराका प्रमुख जिल्ला अधिकारीको संरक्षक रहने गरि राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखामा जम्मा भएको सहयोग अभियानमा संलग्न पत्रकार प्रकाश सिङले बताएका छन् ।

बेवारिसे नाबालकहरुको सम्पूर्ण रेखदेखको जिम्मा एसओएस बालग्राम धनगढीले लिने जनाइएको छ । यसअघि दीक्षा चापागाईको पबित्र समाज संस्थाले लिने भनिए पनि हाल भने एसओएस बालग्राम संस्थाले सम्पूर्ण जिम्मा लिने भएको हो।

बाबुको क्यान्सरका कारण मृत्यु भएपछी टुहुरा बनेका बाजुराका ५ बालबालिकाहरुलाई आमाले पनि छोडेर अरुसंग लागेपछि बिचल्लीमा परेका थिए । आफुलाई जन्म दिने अभिभावक बिहिन बनेपछि बेवारिसे जस्तै बनेका नावालकहरुलाई १३ वर्षीय पार्वतीले हेरचाह गर्दै आएकी थिइन् ।

संबिधान दिवशमा इशा गुरुङ सम्मानित 

निरन्तर समाज सेवामा रहेकी इशा गुरुङलाई संबिधान दिवशको अबसरमा ‘संबिधान दिवश २०७५ जिल्ला मूल समिति समारोह समिति बाजुरा’ले सम्मान पत्र प्रदान गरेको छ।

सामाजिक क्षेत्रमा पछाडी परेका बर्ग, गरिब र बालबालिकाहरुलाई निरन्तर सहयोग गरेको भन्दै सम्मान पत्र दिएको समितिले बताएको छ ।

फेरी जुटिन इशा मृगौला पिडितलाइ सहयोग गर्न

इशा गुरुङको सहयोग अभियान अझै निरन्तर जारि छ । दुखको आहालमा डुबेकाहरु इशाको फेसबुकको ढोका ढकढक्याउदै सहयोगको भिख मागिरहदा दयालु इशाको हृदयले नदेखे झैँ गरि बस्नै मान्दैन। फलस्वरुप एकपछि आर्को सहयोग अभियानमा इशा गुरुङ निरन्तर प्रतिबद्द रहेकी छिन ।

यसै क्रममा मकवानपुर हेटौडा रातोमाटेका २१ बर्षीय सुनिल तामाङ बिगत ३ बर्ष देखि आफ्ना दुवै मिर्गोला फेल भएर उपचारमा छन् । आर्थिक स्थिति निकै कमजोर भएका तामाङले सहयोग माग्दै ‘मलाई बचाउनुस दिदि’ भन्दै आग्रह गरेपछि इशा गुरुङ पुनः सहयोग अभियानमा जुटेकी छिन।

आफ्नो सहयोग अभियानमा हरहमेसा साथ दिनुहुने सहयोगी मनहरुलाई सुनिल तामाङलाई पनि सहयोग गर्न अपिल गर्दै बिगत झैँ निरन्तर साथ् सहयोगको अपेक्षा गरेकी छन् ।

दयालु मनहरुको साथ् बिना आफ्नो समाज सेवा अधुरो हुने बताउने इशा गुरुङले यसरि नै निरन्तर समाज सेवामा साथ् पाउने आशा व्यक्त गरेकी हुन । आशा छ, धन भन्दा ठुलो मन भएका भगवानरुपी हातहरुले यसरी नै निरन्तर साथ् दिई रहनेछन ।

३ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको