ल्यापटप किन्दा ध्यान दिनु पर्ने १३ कुराहरु


असाेज ३ काठमाडौ । ल्यापटप भन्न बितिकै तपाईलाई थाहा नै छ हाेला। अहिले ल्यापटपकाे प्रयाेग स्मार्टकाे प्रयाेग बढे सँगै केही मात्रामा साँघुरो भएकाे छ। तर पनि विभिन्न कम्पनी, संघ संस्था र कार्यालयहरुमा कम्प्युटरकाे प्रयाेग भईरहेकाे छ।

ल्यापटप हामीले जहाँ लिएर पनि जान सक्छाै । ल्यापटप भयाे भने हामीलाई कुनै पनि काम गर्न सहज र सरल हुन्छ। अाज हामी तपाईलाई कस्ताे ल्यापटप किन्दा राम्रो हुन्छ ? भन्ने बारेमा केही जानकारी दिदैछाै।

हेर्नुहोस ल्यापटप किन्दा ध्यान दिनु पर्ने कुराहरु

१ – ल्यापटप किन्दा तपाईले अाफ्नाे बजेट अनुसार अाफुलाई कुन कामकाे लागि ल्यापटप चाहिएकाे हाे त्यही अनुसारकाे खरिद गर्नु पर्छ।

२ – ल्यापटप किन्दा ब्रान्ड, कम्पनीको अाधिकारिक साेरुम र सर्भिस सेन्टर भय नभएकाे जानकारी लिएर मात्र खरिद गर्नु पर्दछ।

३ – अहिले बजारमा काेर अाई ३, काेर अाई ५, काेर अाई ७ प्राेसेसर सिपियु भएका ल्यापटप पाईन्छन। तर अाफ्नाे काम अनुसार सामान्य कामकाे हाे भने अाई ३, अफिसियल कामकाे लागि हाे भने अाई ५ र व्यवसायीक कामकाे लागि हाे भने अाई ७ राम्रो हुन्छ। तर अहिले अाई ९ प्राेसेसर पनि अाईसकेकाे छ।

४- तपाई धेरै बेर सम्म काम गर्नु हुन्छ भने ठुलाे अाकारकाे ल्यापटप खरिद गर्नुहाेस । जसले गर्दा गेम खेल्न भिडियो हेर्न राम्रो हुन्छ र डिस्प्ले पनि राम्रो सँग ठुलाे अाकारमा देखिन्छ।

५- लामाे समयसम्म ल्यापटप चलाउनु हुन्छ भने स्क्रिन टच भाकाे ल्यापटप किन्दा राम्रो हुन्छ। तर यस्ताे स्किन फाल्ने रिफ्लेक्सनल गर्दा अाखाँलाई असर गर्न सक्छ।

६ – ल्यापटप बाेकेर भ्रमण गइरहनु पर्छ अथवा भ्रमण गईरहनु पर्छ भने अल्ट्रा बुक भनिने साना ल्यापटप किन्दा राम्रो हुन्छ।

७- ल्यापटप विदेशबाट खरिद गर्दै हुनुहुन्छ भने केही महङ्गो पर्न सक्छ। किनभने त्यहाँ अाेरिजिनल विन्डाेज पाईन्छ भने नेपालमा प्रायः डुप्लिकेट विन्डोज पाइन्छ। त्यसैले किन्दा विचार गरि किन्नु पर्दछ। यसकाे स्किन साइज १२.५ देखि १३.३ इन्च सम्म हुन्छ ।

८- भिडियो हेर्न, गेम खेल्न, तर क्वालिटि स्किनकाे लागि फसल एचडी ल्यापटप खरिद गर्दा राम्रो हुन्छ।

९-सकेसम्म र्याम थप्न मिल्ने ल्यापटप किन्नु पर्दछ।सामान्य काम गर्नेलाई लाई चार जिबि क्षमताको र्याम भए पुग्छ।

१०-ल्यापटप किन्दा सकेसम्म सफ्ट किबार्ड राेज्नु पर्छ।

११-अाफ्नाे अावश्यकता अनुसार स्टाेरेज बढि भएकाे ल्यापटप किन्नु पर्दछ । ५ सय जिबि , ७ सय ५० जिबि र १ टिबि सम्मकाे हार्ड डिस्क बढि प्रचलनमा रहेकाे छ।

१२- ल्यापटप किन्दा अर्काे ध्यान दिनु पर्ने कुरा भनेकाे ब्याकप हाे ल्यापटपमा सामान्यतया ६ सेल हुन्छ। यसले सामान्यतया ३ धण्टा ब्याकप दिन्छ।अाफ्नाे अावश्यकता अनुसार पावरफुल ९ सेल वा १२ सेल सम्मकाे ब्याट्री छनाेट गर्न सकिन्छ।

१३-ल्यापटप मा युएसबि पार्ट कति छन।यसमा डिभिडि ड्राइभ छ कि छैन भन्ने कुरालाई ध्यान दिनु पर्छ।

१३- हार्ड डिस्क भन्दा एसएसडी भएकाे ल्यापटप अलि फास्ट हुन्छ।

३ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको