सल्यानमा पहिरो बितण्डा, दर्जनौ घरपरिवारका सयौं बढी विस्थापित


भदौ ३, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा पहिरोका कारण १७ घरपरिवारका सयौं बढी विस्थापित भएका छन् ।

गएको शुक्रवारदेखी लगातार परेको बर्षाका कारण वडा ५ त्वालद्वारीमा शनिबार दिउँसो पहिरो जाँदा तिन घर पुर्ण रुपमा क्षति भएका छन् । घर माथिबाट आएको पहिरोले घर पुर्ण रुपमा क्षति भएपनि दिउँसोको समय भएकाले कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोले राजकुमार पुनको ६ कोठे घर, कलौटे पुनको दुई कोठे र लोक बहादुर सुनारको घर पुर्ण रुपमा क्षति भएको छ । त्यस्तैगरी पहिरोको उच्च जोखीममा ६ घरधुरी र जोखीममा ८ घरधुरी रहेको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानका १ सय बासिन्दा नजिकैको मिलमा संयुक्त रुपमा बसेका छन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इनिस्पेक्टर भानु शर्माका अनुसार उता ३ नं वडा अन्तरगत जोगनीगाडेमा रहेको बाल जागृत आधारभुत विद्यालयको शौचालय पनि पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ ।

३ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको