प्रबक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै सर्वोच्चमा पुनः रिट दर्ता


भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी ढंगले गिरफ्तार गरेको भन्दै रिहाई गर्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा नेपाल सरकार गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौंका प्रमुख, जिल्ला प्रहरी कार्यालय धुलिखेल र जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुखलाई विपक्षी बनाइएको छ ।

गिरफ्तार भएको ११ दिनपछि सर्वोच्चको आदेशमा गत शुक्रबार रिहा भएका प्रकाण्डलाई सर्वोच्च अदालतको परिसरबाट शुक्रबार राति ९ः१० बजे प्रहरीले गिरफ्तार गरी राति नै काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल पुर्याएर हिरासतमा थुनामा राखिएको छ ।

उनीमाथि नेकपाले काभ्रेमा गराएको भनिएको घटनासँग जोडेर अभियोग लगाइएको छ । आजै अनुसन्धानका लागि काभ्रे जिल्ला अदालतबाट ३ दिन को म्याद थप गरिएको छ ।

२०७५ भाद्र ३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको