दाङमा ६० केजी चरेससहित पाँच जना पक्राउ


भदौ ३, दाङ । दाङमा ६० केजी चरेशसहित पाँच जना पक्राउ परेका छन् ।

रुकुमपूर्वबाट लुकाइछिपाइ ल्याएर विभिन्न स्थानमा बिक्रीका लागि लैजाने क्रममा ६० किलोग्राम चरेशसहित पाँच जना पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम पश्चिम मुसीकोट ११ का ४५ बर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा गाउँपालिका ५ का ३५ बर्षीय डिल्लीराज चन्द, रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपािलका १ काल्दुङ घर भइ हाल दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने ३० बर्षीया रुपा घर्ती पुन, रुकुम पूर्व भूमे गाउँपालिका २ का २७ बर्षीया सपना पुन बुढा र सोही ठाउँका ध्रुवजङ बुढालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले शर्माले जानकारी दिए ।

उनीहरुलाई लागु औषध ओसारपसार ऐनअन्तर्गत मुद्दा गर्ने तयारी गरिएको छ । ऐनमा १० केजीभन्दा बढी लागु औषध ओसारपसारमा लागेको भेटिए दुइ देखि १० बर्षसम्म कैद र १५ हजार देखि एक लाखसम्म जरिवाना हुने ब्यवस्था छ ।

३ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको