भदौ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न आदेश दिएको छ ।
शुक्रवार राति सर्वोच्च अदालतले रिहा गरेलगत्तै प्रहरीले पुन: गिरफ्तार गरि राति नै काभ्रे पुर्याईएका प्रकाण्डलाई आज अनुसन्धानका लागि भन्दै अदालतले तीनदिनको म्याद थपेको हो ।
यसअघि आजै विश्वकर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा फेरी बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
विश्वकर्माका भाई विरेन्द्र विकले आज सर्वोच्चमा रिट दर्ता गरेको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए । एनसेलको टावरमा क्षती पु¥याएको मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखिएको छ ।
यसअघि चन्दा असु्लीको मुद्दामा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरणकै रिटमा सुनुवाई गर्दै सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको थियो । रिहा भएलगत्तै प्रहरीले अदालत गेटबाटै राष्ट्यि मानवअधिकार आयोगको गाडिबाटै निकालेर पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय मागेको थियो । तर, जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस