लेखेर राख्नुस, बलात्कारीलाई फाँसीको सजाय नभए सम्म बिबाह गर्दैन: सावित्री सुबेदी


भदौ ३, काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिलाउने अभियानमा रहेकी ‘जय नारी’ अभियान्ता सावित्री सुवेदीले बलात्कारीलाई फाँसीको सजाय नभए सम्म बिबाह नगर्ने घोषणा गरेकी छन्। एक अनलाइन संवादमा उक्त कुरा बताएकी हुन्।

उनले भनेकी छन, ‘जबसम्म बलात्कारीलाई फाँसीको सजाय हुँदैन, तबसम्म म यसमै निरन्तर लागिरहन्छु’ । आफ्नो माग पुरा नभए सम्म बिहे नगर्ने बताउदै सुबेदीले भनिन, ‘लेखेर राख्नुहोस्, बलात्कारीलाई फाँसीको सजायँ नभएसम्म बिहे गर्दिनँ’।

कालो पेटीकोट लगाएर सरकार बिरुद्द सडकमा अर्धनग्न उत्रिएर चर्चामा आएकी सुबेदीले बलात्कारीलाई फाँसीको सजाय कानुनमा दर्ज गराउन फरक किसिमको विरोध प्रदर्शन गरेर सरकारलाई ध्यान आकर्षण गराएको समेत बताएकी छन्।

उनको यो अभियानमा घरबाट सपोर्ट नभएको बताउदै, हिजो पनि त्यसरी उत्ताउलो भएको भनेर घरबाट गाली खाएको बताईन तर, मलाई डर छैन । म त घरमा पनि बिद्रोह गरेर निस्किएकी मान्छे, यसरी थपिन ।

सामाजिक संजालमा डलर खाएर कतैबाट परिचालित भएको भन्नेहरुलाई सावित्री सुबेदीले चुनौती दिएकी छिन। बलात्कारीलाई फाँसीको सजाय कानुनमा दिलाएरै छाड्छु, तर संगठन बनाएर, संस्था दर्ता गरेर कुनै मागी खाने भाँडो बनाएर डलर लिन होइन।

आफ्नो मुद्दालाई फितलो बनाउन केहि तत्वहरु सामाजिक संजालमा लागि परेको तर सत्यको जित भएरै छाड्ने सुबेदीको अठोट छ ।

३ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको