एसियन खेलमा ३६ वर्षपछि नेपालको गोल


भदौ ३, काठमाडौं । १८ औँ एसियाली खेलकुद (एसियाड) पुरुष फुटबलमा अन्तर्गत नेपालले पाकिस्तानसँगको खेलमा आइतबार ऐतिहासिक गोल गरेको छ।

एसियाड अन्तर्गत समूह चरणको अन्तिम खेलमा ६८ गोल खाएको नेपालले गोल फर्काएको हो । पाकिस्तानसँगको खेल वेस्ट जाभास्थित सहिद चन्द्रभागा रंगशालामा जारी छ ।

खेलको १२ मिनेटमा रोहित चन्दले नेपालका लागि एेतिहासिक गोल गरेका हुन् । एसियाड फुटबलको इतिहासमा नेपालको यो दोस्रो गोल हो ।
नेपालले ३६ वर्ष अघि सन् १९८२ मा नेपालले कुवेतविरुद्ध पहिलो गोल गरेको थियो ।

सुरुवाती दुई खेलमा पराजित भइसकेको नेपालको दोस्रो चरणको गणितीय सम्भावना मात्र बाँकी छ। यसअघि नेपाल जापान र भियतनामसँग पराजित भएको हो। जापानसँग १-० ले पराजित भएको नेपाल भियतनामसँग २-०ले पराजित भएको थियो।

नेपालको प्रतिद्वन्द्वी पाकिस्तानलेसमेत दुई खेलमै पराजय भोगेको छ। पाकिस्तान जापानसँग ४-० र भियतनामसँग ३-० ले पराजित भएको हो। आजको खेलमा पाकिस्तानमाथि विजयी हात पारे नेपालले इतिहास बनाउने छ। एसियाली खेलकुद अन्तर्गत भएका १७ खेलमा नेपालले ६८ गोल खाइसकेको छ।

३ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको