एसियाडमा अाज हुने नेपालका खेल र खेलाडीहरु


भदौ ३, जाकर्ता । १८औं एसियाली खेलकुद- एसियाडअन्तर्गत आइतबार नेपालले ९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ। नेपालले तेक्वान्दो, फुटबल, फेन्सिङ, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा पनि प्रतिस्पर्धा गर्दैछ ।

नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रतिस्पर्धा गर्दैछन्। यस्तै महिला टिम इभेन्ट्सको पुम्सेमा नेपालले उज्वेकिस्तानसँग खेल्नेछ। कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनार छन्। फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रविना थापाले प्रतिस्पर्धा गर्दैछन्।

पुल एमा रहेकी कमलाले जापान, मंगोलिया, हङकङ, चीन, इन्डोनेसिया र भियतनामकी खेलाडीसँग भिड्दैछिन्। पुल डीमा रहेकी रविनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। यो इभेन्टको फाइनल खेल आजै हुनेछ।

यस्तै, नेपालले कबड्डीमा आयोजक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। टेनिसमा संरक्षकभूषण बज्राचार्यले अन्तिम ६४ को खेलमा इन्डोनेसियाका फ्रिटाडी रफ्कीसँग खेल्नेछन्।

ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा पुगेको छ। महिला टिम इभेन्टमा भने पहिलो चरणमै पराजित भएको छ,मालदिभ्ससँग। यसैगरी पुरुष फुटबलको समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ।

सुरुका दुई खेलमा पराजित भएको नेपाल पहिलो चरणबाटै बाहिरिने निश्चित भईसकेको छ। उसुको महिलातर्फ ५२ केजी तौल समूहमा जुनी राईले भियतनामकी नगुएन थिथुथीसँग खेल्दै छिन्। यस्तै ६० केजी तौल समूहमा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियन अब्दुस हारिससँग भिड्नेछन्।

३ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको