युएईमा रोल्पालीहरुको साझा संस्था गठन, थाल्यो दिल बहादुर उद्दार अभियान


युएइमा पहिलो पटक रोल्पालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच युएई गठन भएको छ । रोजगारको शिलशिलामा विश्वभर रहेका रोल्पालीहरु संगठित हुने क्रममा युएईमा पनि गठन भएको हो ।

सुक्रबार बरदुबई फुलबारी रेस्टुरेन्टमा भएको भेलाले संस्थाको पदाधिकारीहरुको चयन गरेको छ ।

रोल्पाली एकता मंच युएईको संयोजकमा किर्तिमान पुन सर्बसहमतिमा मनोनित भएका छन् । संस्थाको बरिष्ठ उपसंयोजकमा दोलख केसी, उपसंयोजकमा शेर बहादुर डाँगी र चन्द्र बहादुर बुढा मगर मनोनित भएका छन् ।

त्यसैगरि महासचिव कुमार केसी, सचिव रेग बहादुर बहादुर केसी, सहसचिव बिर बहादुर घर्ति मगर, कोषाध्यक्ष ताजाराम ओली, सहकोषाध्यक्ष भुपेन्द्र केसी, पर्बक्ता केशव पुन मगर मनोनित भएका छन् ।

संस्थाको सदस्यहरुमा बिकाश रोका, भीमसेन गिरि, कुमार रोका, रोषण गिरि, रमेश सुनार, बिशाल घर्ति, भुपेन्द्र खड्का, हरि बिसी, देब बहादुर ओली, दया बिर ओली, अभिषेक बानियाँ, स्याम सुनार, खुम बहादुर नेपाली मनोनीत भएका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली एकता मंच युएईको प्रमुख सल्लाहकार रामकृष्ण पुन रहेका छन् भने सल्लाहकारमा देवराज ओली, दिलाराम ओली, बिर्ष बहादुर बिक, गणेश खत्री र प्रेस सल्लाकारमा केबी गुरुङ मनोनित भएका छन् ।

रोल्पालीहरुको भेला बिहान १० बजे देखि सुरुभएको थियो । उक्त भेलामा प्रदेश ५ का संयोजक राजुखड्का लगाएत प्रदेशका अन्य पदाधिकारीहरु, खाम समाजका सल्लाकार तथा पत्रकार पृथीछक बुढा मगरको आतिथ्य रहेको थियो ।

नवगठित कार्यसमितिले संगठनिक, आर्थिक र दिल बहादुर उद्दार प्रस्तावहरुमा छलफल गरेको छ । सामाजिक सेवालाई टेवा पुग्नेगरी संस्थाले छुट्टै आर्थिक कोष निर्माण गरेको छ । संस्थाको कोषलाई दीर्घकालीन परियोजनाका लागि उपयोग हुनेगरी आर्थिक स्रोतको पहिचान गर्ने र आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।

दिल बहादुर उद्दार बारे यसरि भयो छलफल

साउदी जेलमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुरलाई उद्दार गर्न आर्थिक संकलन अभियान थालनी भइसकेको छ । उक्त अभियानलाई अझै तिब्रता दिन छुट्टै १५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ ।

समितिको सयोजकमा सल्लाकार दिलाराम ओलीलाई चैन गरेको छ ।

त्यसैगरि युएईका विभिन्न प्रान्तहरुलाई मध्यनजर गरी दुबई क्षेत्रका लागि चन्द्र बुढा, रमेश सुनार, बिकाश रोका, शेर बहादुर डाँगी, हरि बिसी, बिर बहादुर घर्ति, महेश सेतिमहर, अबुधावी क्षेत्रका लागि केशव पुन, भिउसेन गिरि, अलएन क्षेत्रमा देवराज ओली, केबी गुरुङ, सारजाह र अजमान क्षेत्रका लागि देव बहादुर ओली, ताजाराम ओली, फुजेरा क्षेत्रका लागि दोलाख केसी, रहेका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली एकता मंचले युएईमा रहेका विभिन्न सँस्थाहरु संग दिल बहादुर उद्दार अभियान बिषयमा सहयोगका लागि समन्वय गर्ने जनाएको छ ।

कार्यक्रमबाट दिल बहादुर उद्दारका लागि केहि रकम समेत उठेको थियो ।

५ जेष्ठ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको