राेल्पा धवाङका ३० बर्षिय दिलबहादुर घर्तिले चलाएको ट्रकको ठक्करले एक साउदी स्थानीय नागरिकको ज्यान गएपछि ब्लडमनी तिर्नु पर्ने भएको छ । दिलबहादुरलाई साउदीको उच्च अदालतले २ लाख २५ हजार रियल (करिब ६५ लाख नेपाली रुपैयाँ) ब्लडमनी दिए मृत्युदण्ड नहुने फैसला गरेको छ ।
घर्ति रोजगारीको शिलशिलामा २०७२ साल माघ १८ गते डिस्टनी ओभरसिज प्रालि सामाखुसीबाट एक लाख पैतिस हजार बुझाएर साउदी पुगेका थिए ।
साउदि अरबको रियाद स्थित ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’ कम्पनीमा नेपालबाट स्काभेटर चालकमा गए पनि त्यहा कम्पनीले मालबाहक ट्रक थम्याइ दिए पछि उनि चलाउन बाध्य भएका थिए ।
ट्रक दुर्घटना पछी दिलबहादुर घर्ति २०७३ जेठ ३० गते जेल परेका थिए । फागुन बीस गतेको उच्च अदालतको फैसला अनुसार दिल बहादुरको पक्षमा ७५% गलती देखाएको छ ।
रियादको स्थानीय अदालतले ब्लडमनीको फैसला गरिसकेपछि उनले काम गर्ने कम्पनीका अधिकारीहरुले दिल बहादुरलाई जेलमै भेटेर ब्लडमनीको पैसा बुझाई सकेको बताउँदै कागजमा सही गराएर ३ दिन भित्र घर पठाई दिने आश्वासन दिएका थिए। तर उक्त कागजमा ‘म दिलबहादुर घर्ती आफ्नै राजीखुसीमा ट्रक चलाएको हुँ र यो दुर्घटनाको जिम्मेवार पनि म एक्लै हुँ’ भन्ने वेहोरा भएपछी, घर्ति समस्यामा परेका हुन् ।
पीडित घर्तिको मिनाहाको लागि पटक पटक आग्रह गर्दा पनि निर्णय प्रती नरम नबन्दा अदालतले पुन पहिला कै केशलाई सदर गरि फैसला गरेको हुदा निज दिल बहादुरको श्रीमती मनिता घर्तीले देश बिदेशमा रहने सबै नेपाली संग सहयोगको लागि आग्रह गरेकी छन ।
दिल बहादुरको श्रीमती मनिता घर्ति (बुढा) अहिले ८ बर्षको छाेरी नमुना घर्ती र ४ बर्षिय छाेरा सायन्स घर्ती लाई घरमै छोडेर रोल्पाबाट काठमाडौ आएकी छिन ।
(दिलबहादुरलाई ब्लडमनि सहयोग गर्नको लागि बाणिज्य वैंकमा ११९००२६७४६१० नम्बरको खाता खोलिएको छ । मनिता घर्ति (बुढा)को सम्पर्क नम्बर ९८४४९६९५४९ रहेको छ )
प्रतिक्रिया दिनुहोस