दाङलाई रोल्पाको मार्मिक चिठ्ठी


प्यारो दाङ समधुर सम्झना साथै आत्मीय माया !

म रोल्पा यता निका आरामै छु। तर आजभोलि तिमी त्यति सन्चो छैनौ भन्ने सुनेर यो पत्र नलेखी बस्नै सकिन । प्रिय दाङ किन यो बेलामा तिमिलाइ निकै ज्वरो आएको छ रे यो माघमा पनि निकै ज्वरोले पिरोलिएको छौ रे तिम्रो तापक्रम तिम्रो ज्वरो अहिलेसम्म १०४ डिग्री पो पुग्यो भन्छन त त्यति ज्वरो आउदा पनि डाक्टरले त वास्ता नै गरेनन् रे सर्बप्रथन त तिम्रो सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

प्रिय दाङ म रोल्पा तिमी जति निस्ठुरी र स्वार्थ पनि छैन गाउले हु तिमी जस्तो सहर उन्मुख घमण्ड पनि छैन म सङ्ग । म रोल्पा त कसैको खुसीमा कम्मर मर्काइ मर्काइ नाच्न जानेको छु र दुखमा रोइदिन जानेको छु त्यसैले तिमिलाइ ज्वरो आउदा चुप लागेर बस्न सकिन रत सबैभन्दा पहिला स्वास्थ्य लाभको कामना गर्न टुप्लुक्क आए नि म।

हुनत तिमी दुखमा छौ यो बेलामा पुराना पुराना कुरा निकालेर तिम्रो मन दुखाउने मेरो मन त होइन तर के गर्नु यो मन मान्दै मान्दैन तिमिलाइ याद होलानी प्रिय दाङ ? म रोल्पाले पहिलेदेखि नै प्रिय दाङ ।

हामीलाइ दोहोरो करको मारमा नपार्नु हाम्रा आयात गर्ने बस्तुमा हामीलाइ दुइचोटी कर तिर्न बाध्य नपार भन्दा तिमिले आफ्नो सहर उन्मुख घमण्डले गर्दा सुन्दै सुनेनौ म रोल्पालाइ दोहोरो करको मारमा पार्दा तिमी त सहरिया कहलियौ सायद त्यो बेला तिमिले सुनेको भए अहिले तिमिलाइ आउने ज्वरो मलाई नि आउथ्यो कि हैन मेरो प्रिय दाङ ?

लेखक -कमल ओली रोल्पा

‌अनि अर्को कुरा नि मेरो प्रिय दाङ जब नेपालमा संघीयता लागू हुँदै थियो नि त्यो बेला तिम्रो पुरोना साथीहरू सल्यान रुकुम ६ नम्बर तिर जादा पनि तिमी बोलेनौ किनकी तिमी सहर उन्मुख थियौ । त्यो बेला पुरानो साथी नछाड्ने कुरामा तिमी केही बोलेको भए अहिले त्यो ज्वोरो सल्यान र रुकुम पनि आउथ्यो होइन र मेरो साथी दाङ । अनि गत बर्ष रोल्पालाइ कलस्टर मिलाउने भनी ४ नम्बर तिर मिल्काउदा कसरी कानमा तेल हालेर बस्न सकेको त्यो बेलामा बोलेको भए अहिले म र मेरो साथी प्युठान तिमिसङै तिम्रो र तिम्रो स्वास्थ्य लाभको लागि त्यही पुगेको हुन्थिम होला होइनर ?

फेरी पनि ४ नम्बर प्रदेश छोडेर हामी तिमि संगै ५ नम्बर प्रदेशमा आयौ र आज राजधानी बनाउने बलियो आधार बन्यो । यो पनि प्रिय साथीका लागि बलियो त्याग हो । खैर हिजोको कुरा छोडौ प्रिय ।

‌प्रिय दाङ हामीलाई त के मत्लब भयो र है तिम्रो ज्वरो यता सार्न, किनकी अलिकति फरक त हो नि हैन र तर ख्याल गर तिमी जति स्वार्थी र घमण्डी म छैन याद राख यो गाउलेले अब छिटै तिम्रो अर्थहिन ज्वरो जो अब औसधिले समेत सायदै काम गर्ला तिमी तातिने मात्रै हौ र छिटो सेलाउछौ पनि किनकी तिम्रो बानी त हगिसक्यो अनि दैलो देख्यो जस्तो पो लाग्यो त मलाइ ।

तर पनि रोल्पा निष्ठुरी छैन म तिम्रो साथ दिन आउछु ल प्रिय दाङ ।

‌अन्तमा मेरो प्रिय दाङ म तिम्रो ज्वरो छिटो सन्चो होस भन्ने कामना गर्दै बिदा मागे ल ।
‌ उहि तिम्रो गाउले साथी रोल्पा

(पत्र तयार पार्ने कमल ओली रोल्पा सुकिदहबाट) 

५ माघ २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको