हराएको सिमाबाट रविको लाइभ रिपोर्ट :सिमा मिच्न भारत संगै नेपाल सरकारको संलग्न रहेछ (भिडियो)


बिरगंजमा हाम्रो सिमा मिचिएको खबर कानमा परेपछी राजधानीको सुकिलो स्टुडियो भित्रबाट सिमा मिचिएका कुराहरु भट्याउन चाहेनन् रबि लामिछाने र जनता संग सिधा कुरा कार्यक्रम लिएर सिधा सिमा मिचिएको बीरगंजमा पुगे ।

नेपालका आफुलाई ठुला मान्ने राष्ट्रिय मिडियाहरु यस्ता छन्, केवल खबर सुनेकै भरमा ब्रेकिंग हाइलाइट न्युज बनाएर खबर प्रसारण गर्दै राष्ट्रिय मिडिया हाउस कहलिएका छन । तिनै सिहदरबारका सुकिला सिंगो मिडियाहरु झैँ, रबि लामिछाने कसैले सुनाएको भरमा सिमा मिचिएको खबर भट्याउन चाहेनन्, आफ्नै आँखाले नियालेर देखेका स-प्रमाणहरु जुटाउदै टेलिभिजनको खुल्ला पर्दाबाट सिधा कुरा जनता संग पनि होइन, सिधाकुरा बिरगंज सीमाबाट लाइभ’ दिए ।

देशको राजनीतिक माहोल प्रदेश विभाजन तिर केन्द्रित भएर काटमार चलिरहेको छ, उता हाम्रो उही पुरानो बैरीले दक्षिणमा झन्डै ५० बिघा जमिन मिचि सक्यो । हाम्रा नागरिकहरुलाई नाङ्गो बनाइ सक्यो । देशको सिमा हराई सक्यो ।

सिमा क्षेत्रका बहादुर नागरिकहरु आफ्नो एक टुक्रा जमिन बचाउन मात्र होइन, सिंगो देशको सिमा बचाउन दिनहुँ लडिरहेका छन् । उनीहरु सीमाको रक्षा गर्न लड्दा राज्यको सहयोग र सहानुभूतिको कुरा छैन, आफ्नो पुर्खादेखिको भोगचलन गर्दै आएको जमिन खोसिदा लालपुर्जा बोकेर सरकारी कार्यलय धाउदा समेत सुनुवाई हुदैन ।

बरु पुरानो सुगौली सन्धिले अहिले सम्म हाम्रा सिमाहरुलाई आक्रमण गरिरहेको रहेछ । सुगौली सन्धिको बिरुद्द हजार सहिद जन्माउनेहरु सत्ताको राप र लाभ लिरहेका छन, अझै पनि त्यहि सन्धिले सीमाका आफ्ना नागरिकहरुलाई उजाड बनाइ रहेको रहेछ ।

स्वाभिमानी रबि लामिछानेको लाइभ रिपोर्टिंग बुझ्दै जाँदा हाम्रै सरकार आफ्नै नागरिकहरुलाइ उठिबास बनाउन लागि परेको रहेछ । पुरानो सन्धिको आडमा भारतीय अतिक्रमणबाद संग हाम्रो दलाल सरकार नै मिलेर सिमा मिचिरहेको रहेछ ।

हेर्नुहोस पत्याउनै गाह्रो छ, सीमा हराउन हाम्रै सरकार लागि परेको रहेछ, रबि लामीछानेको स्थलगत रिपोर्टहरु यस्ता छन् :

बिरगंज महानगर पालिका १ छपकैयामा ५० बिगाहा नम्बरी जग्गा भारतीय द्वारा मिचिएको छ । सिमा स्तम्भ ३९१ को ३८ र ३९ साथै ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरका सहायक स्तम्भहरु नेपाली भूमिमा सारिएका छन् । राज्यलाई ट्याक्स कर तिरेका हाम्रा नागरिकहरुको जमिन रातारात भारतको भएको छ । भुमि सर्वेक्षण टोलि अनुसार सिमा स्तम्भहरु नेपालको भूभाग भित्र ५० देखि १०० मिटर वर सारिएका छन् । नेपाली भुमि आँखा अगाडी मिचिदा स्थानीयहरुले बिरोध गर्दा नेपाली प्रतिनिधिहरुले देश बिरोधि कार्य भएको भन्दै रोकेका थिए । आफ्नो जग्गा मिचिदा लालपुर्जा बोकेर सिडियो र सम्बन्धित कार्यलयमा गएका थिए तर सुनुवाई नै भएन

सिमा अतिक्रमण भारतीयले मात्र होइन, नेपाल सरकारको मिलेमतो रहेछ  

प्रमुख नापी अधिकृत काठमाडौंका रमेश ज्ञवाली र प्रमुख जिल्ला अधिकारि पर्साका बिनोद प्रकाश सिङ अनुसार भारतीयहरु द्वारा गाडिएको सिमा स्तम्भ अतिक्रमण नभएको बताए । यी दुवै सरकारी अधिकृत अनुसार भारत सरकार र नेपाल सरकारको सम्झौता अनुरुप संयुक्त फिल्ड टिमले सिमा स्तम्भ गाड्ने काम गरिरहेको बताएका छन् ।

१८१६ देखि १८९० सम्मको सुगौली सन्धि अन्तर्गतका नापी र नक्साको आधारलाइ मानेर नेपाल सरकार र भारतीय सरकारले २००७ मा हस्ताक्षर गरेको एकीकृत नक्सा छ, त्यस नक्साको आधारमा संयुक्त फिल टिमले काम गरिरहेको छ, उनीहरु बताउछ्न ।

अहिले नापी भएको लालपुर्जा बोकेर आउने जग्गा धनि नेपालीहरुको नापी २०२२ सालमा भएको थियो । नागरिकहरु पुर्खौ देखि राज्यलाई कर बुझाउदै आएका नागरिकहरु एकाएक आफ्नो लालपुर्जा सहितको जग्गा गुमाउन पुगेका छन्, त्यो पनि आफ्नै राज्यको कारण । मिचिएको छैन भन्दै दावी गर्ने सरकारी अधिकृतहरुले निकास खोज्न तत्काल पिलर बनाउने कार्य रोकेर अब केन्द्रको निर्णयलाई पर्खिरहेको बताए ।

अतिक्रमणमा परेको निबेदन बुझ्न मानेन नापी टोली सहायक अधिकृत दिल्ली राम

स्थानीय रबिन्द्र महत्व आफ्नो जमिनमा भारत द्वारा सिमा स्तम्भ गाडिने भएपछी आफु संग भएको सम्पूर्ण जग्गा धनि कागज पत्र लिएर २४ गते सिडियो कार्यलय पुगे । कार्यलयमा सिडियो नहुदा ३० गते तोक लाग्यो र उक्त दिन नै नापी टोली प्रमुखको नाममा निदेदन फरवार्ड भयो । चिट्ठी र निबेदन लिएर नापी टोलि प्रमुख कहाँ जाँदा प्रमुख भेटिएनन तर सहायक अधिकृत दिल्ली राम भेटिए तर उनले चिठी बुझेनन् । बरु उल्टै भने जहाँ बुझ्नु छ बुझ्नुस हामि पिलर बनाऊ छौ भनेर उर्दी दिए । उनको ४ कित्ता जमिन (१४, ४८, ३, २, १) भारतको पर्ने भएको छ ।

भारतीय द्वारा भएको सिमा अतिक्रमण

नेपालका २६ जिल्ला भारत संग जोडिएका छन् । १८८० किलोमिटर जमिन भारतीय सिमा संग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्ला मध्यका ७१ भन्दा बढी भूभाग भारतीय द्वारा मिचिएका छन् । छपकैयामा अहिले भारतीय एसएसपी सुरक्षा बल पनि हाम्रै सीमामा बसेको छ । हाम्रो सुरक्षा कर्मी सिमा क्षेत्र होइन, जनताको खुन पसिनाबाट आर्जित दुकुटि रित्याउने मालिकलाई काठमाडौंमा सुरक्षा दिएर बसेका छन् ।

दश गजामा अतिक्रमण भएको एउटा प्रमाण  

नयाँ सिमा स्तम्भ पिलर गाड्न नयाँ खाल्डोहरु खनिएका छन, केहि त गाडी सकेका छन् । तिनै  केहि खाल्डो र नयाँ पिलरहरुको ५ देखि १० मिटर नजिकै नेपालका सरकारी संरचनाहरु (सरकारी सिचाइ भवनलगायत) निर्माण गरिएका छन् । जो नगरपालिकाले बनाएका सार्बजनिक संरचनाहरु हुन् । खासगरि दश गजा क्षेत्र भित्र यति नजिकै कुनै पनि सरकारी संरचनाहरु बनाउन पाइदैन । यो अन्तर्राष्ट्रिय सिमा सम्बन्धि नीति नै हो ।

तर त्यहाँ हाम्रा संरचनाहरु निर्माण गरीएका छन् । यसको मतलब हाम्रा संरचनाहरु भएका तिर नयाँ सिमा पिलरहरु सारिएका गतिला प्रमाणहरु हुन् । त्यसले एउटा गम्भीर प्रश्न उब्जाएको छ, कि यदि नयाँ बन्दै गरेको सिमा स्तम्भ पहिले नै त्यहि ठाउमा थियो भने उक्त सिचाइ लगायतका भवनहरु कसरि बने ? यसले प्रष्ट पारेको छ कि हाम्रो सिमाना मिचिएको छ र आज सिमा वर सारिएको छ । नयाँ पिलरहरुले त्यहि भन्दै छन् । अहिले बनाइएका सबै नया पिलरहरु दश गजा भित्र बन्दैछन् ।

छपकैयाको एउटा बस्ति नै अतिक्रमणमा बिलिन हुदै 

यसरि नयाँ सिमा स्तम्भहरु नेपाली भूभागमा बन्ने भए पछी नजिकै रहेको बस्ति नै लोप हुने अबस्थामा छ । जसरि अहिले भारत र नेपाल बिचको सम्झौता अनुसार सिमा पिलरहरु बन्दै छन् त्यसको प्रत्यक्ष असरले नेपालको पुरानो बस्ति बिलिन हुने निश्चित छ, किन कि ठड्याउदै गरेका पिलर अनुसार त्यो सबै बस्ति भारत तर्फ पर्न जान्छ । बस्ति खालि गर्नु पर्ने हुन्छ ।

एउटा पुरानो पिलरको अवशेष सत्य बोलिरहेको थियो

एउटा पुरानो पिल्लरको अवशेष पनि भेटिएको छ । उक्त स्तम्भ पिल्लर साँचो र सत्य भएको स्थानीयले दावी गरेका छन् । पिल्लर ३९२ अन्तर्गतको १० नम्बरको सहायक पिल्लर हो । अहिले उक्त पिल्लर भत्काइएको छ, त्यसको निशानाहरु अझै देख्न सकिन्छ तर त्यहि नम्बरको नयाँ पिलर अहिले ५० मिटर वर नेपाली भूभागमा सारेर बनाइएको छ ।

 

रवी लामिछानेलाई भगवान रविको स्वरुपको दर्जा टक्र्याएका सिमा बासीहरुको पिडा यसरि टिपेर सिमा हराएको क्षेत्रबाट रबीले रिपोर्टिंग गर्दा सबैलाई लाग्नेछ, रातारात आफ्नो मातृ भुमि हराएका हामी अभागी नेपालीहरु हौ, जो आफ्नै राज्यबाट हराउन खोजिदै छौ, अतिक्रमणको सिकार भैरहेका छौ ! हेर्नुहोस रबि लामिछानेको भिडियो रिपोर्ट :

५ माघ २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको