ललितपुरको अवैद्य बालुवा खानी बन्द गर्न नेकपाले दियो यस्तो चेतावनी


पौष ०३, काठमाडौं । नेपाल कम्युनिट पार्टीले ललितपुरमा सञ्चालित अवैद्य खानी बन्द गर्न चेतावनी दिएको छ । नेकपा ललितपुरका सेक्रेटरी विपन शर्माले विज्ञप्ति जारी गरी ललितपुरको लेले–टीका भैरव, नल्लु खोलामा सञ्चालित क्रसर, वालुवा खानीले मानविय स्वस्थ्यलाई प्रतिकूल असर पारिरहेकोले उक्त खानी बन्द गर्न चेतावनी दिएका छन् । आफ्नो पार्टीको माग बेवास्था गर्दै नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोर्जि संघर्षमा उत्रने विज्ञप्तिमा चेतावनी दिईएको छ ।

स्थानीय जनताको आवाज एवं मागलाई लत्याउँदै वर्षौदेखि वैद्य र अवैद्य खानी तथा क्रसर उद्योगहरु सञ्चालन हुँदा ललितपुरको प्रशासन तथा राज्य संयन्त्र कमिशनको खेलमा लागि जनताको जनस्वास्थ्य विरुद्ध लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

वागमती गाउँपालिका अन्तर्गत रहेका खोलानालाबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, वालुवा उत्खनन गर्दा त्यसक्षेत्रको जैविक विविधता, वातावरण, पर्यावरण तथा भू—बनोटमा गम्भिर असन्तुलन पैदा भइ त्यस क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा नकारात्मक असर पर्ने देखएको हुँदा उत्खनन तथा निकासी गर्ने एवं प्रकृया अविलम्ब बन्द गर्न नेकपाले माग गरेको छ ।

वागमती गाउँपालिकाले सोहि गाउपालीकाभित्र रहेका खोलानाला र खोल्साहरुबाट बालुवा, ढुङ््गा, रोडा उल्खनन तथा निकासि गर्ने सम्बन्धि २०७४ कार्तिक १४ गते (पहिलो पटक) र २०७५ मंसिर ९ गते (दोस्रो पटक) प्रकाशित सार्वजनिक सूचनाप्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाउदै उक्त उत्खनन् गर्ने, निकासी गर्ने कार्य एंवं टेन्डर प्रकृया तत्काल बन्द गर्न पनि नेकपाले भनेको छ ।

जनताको जीवनमा नकारात्मक असर पर्ने देखिएको हुँदा उक्त उत्खनन् र निकासी गर्ने कार्य एवं प्रक्रिया अबिलम्ब बन्द गर्न आग्रह गर्दै नेकपाले उक्त मागको वेवास्ता गरिए संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

बिज्ञप्तीमा भनिएको छ, ‘हाम्रो न्यायोचित आग्रहलाई वेवास्था गरि सिमित व्याक्ति वा निकायको आर्थिक लाभको लागि यदि उत्खनन् एवम् निकासि कार्य अगाडि बढाईएमा आम जनताको सार्वजनिक हित एव् प्राकृतिक स्रोत, जलसम्पदा जैविक विविधता र वनसम्पदाको संरक्षण गर्ने कार्यमा हाम्रो पार्टी जस्तोसुकै संघर्ष गर्न पछि नगर्ने जानकारी गराउदछौ ।’

हेर्नुहोस यस्तो छ बिज्ञप्ति:

३ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको