ह्याप्सले गर्यो ३० हजार नगद सहित बिकट विद्यालयमा शैक्षकि सामग्री वितरण


पौष ३, काठमाण्डौं । शान्ति सम्वृद्धि र दिगो विकासका लागि मानविय कार्य (ह्याप्स)ले ३० हजार ३ सय ३० नगद छात्रवृतिकोष स्थापना सहित ४५ हजार बराबरको छात्रवृति र शैक्षिक सामाग्री वितरण गरेको छ । गरिब जेहन्दार टुहुरा बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउने उदेश्यका साथ पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं ५ गल्धाको श्री सरस्वती मा संस्थाले सो छात्रवृति र शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयको ४४ औँ वार्षिकोत्सवको अवबसरमा ह्याप्सले शैक्षिक सामाग्री सहित ग्रामिण छात्रवृतिको निम्ती कोष खडा गरेको संस्थाका अध्यक्ष कुशल अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले आर्थीक अवस्था कम्जोर भएका विद्यार्थीहरुको लागि यो छात्रवृतिले ठुलो टेवा पु¥याउने बताउनुभयो । उहाँले युवाहरुको काधमा अबको जिम्मेवारी रहेको भन्दै युवाहरुले यस्तै खालको रचनात्मक कार्य गर्नु पर्ने कुरामा जोड दिँदै संस्थाले गरेको कार्यको उच्च प्रशंसा गर्नु भयो ।

त्यस्तै विशिष्ट अतिथी निस्दी गाउँपालिका वडा नं ५ का अध्यक्ष भिम बहादुर बयम्बुले संस्थाले वितरण गरेको छात्रवृतिले गरिब, विपन्न अपाङग विद्यार्थीको निम्ती सारथी भएको बताउनुभयो । उहाँले सहयोग थोरै र धेरै नभएर सहयोगको भावना युवा पुस्तामा जाग्नु नै महत्वपुर्ण भएको धारणा राख्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सोमैले ह्याप्सले छात्रवृतिको निम्ती आफ्नो विद्यालय चुनेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा ह्याप्सका अध्यक्ष कुशल अर्यालले स्थापना गरेको छात्रवृतिकोषले आर्थिक अभावका कारण विद्यालय जानबाट कोही पनि बञ्चित हुन नपर्ने अवस्थाको विकासको लागि सहयोग कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । आफ्नो संस्थाले स्थापना गरेको कोषबाट बिध्यार्थीहरुको शिक्षाको निम्ती खर्च गरिने उहाँको भनाई थियो । अध्यक्ष अर्यालले यस्ता कोष जिल्लाका विभिन्न विद्यालयमा र नेपालका विभिन्न आवश्यक परेको स्थापनमा स्थापना गरिने समेत स्पष्ट पार्नुभयो ।

ह्याप्सले स्थापना गरेको उक्त ग्रामिण छात्रवृतिकोषमा विभिन्न देशबाट सहयोगहरु प्राप्त भएको थियो । जसमा सिके पराजुली (अमेरिका), निर्मल अर्याल (फ्रान्स), मानव कालुङ्ग (काठमाडौँ), युवराज बयम्बु (जापान), त्यस्तै किशोर श्रेष्ठ, झविन्द्र भुषाल, रामशरण बोहरा, विष्णु शर्मा लम्साल, सविता ढकाल, महेन्द्रराज सिहं, गिता पन्थी, केबि गुरुङ्ग, तारा नेपाल, लगाएतले स्टेशनरी सहयोग गर्नु भएको थियो ।

२०७५ पुष ३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको