सल्यानका सिडियो ढकालको सरकारी गाडीले काठमाडौंमा जन्ती बोक्दै


पौष २, काठमाडौं । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले सरकारी गाडीको चरम दुरुपयोग गरेको भेटिएको छ । सरकारले जिल्ला प्रशासन अधिकारीलाई सरकारी प्रयोजनका लागी उपलब्ध गराएको साईरन जडित रा १ झ १५४ नम्बरको गाडी काठमाण्डौमा विवाहको जन्ती बोक्दै गर्दा समातीएपछि यस्तो खुलासा भएको हो ।

गएको शनिवार उक्त गाडीमा सिडियोका चालक सहित आठ जना जन्ती बोकेर फर्कँदै गरेको अवस्थामा काठमाण्डौमा समातिएको थियो । जन्ती बोकेर साईरन सहितको गाडी बालाजुबाट गंगबुतर्फ हुईकिदैं गर्दा ट्राफिक प्रहरीले अन्य सवारी रोकी बाटो खाली गर्दै थिए । तर सिडियो चढ्नका लागी उपलब्ध गाडीमा सिडियो नभई बिहेका जन्तीले खचाखच थियो । गाडीमा प्रजिअ ढकालकी श्रीमती, भान्जी, भान्जी ज्वाई लगायतका अन्य आफन्तहरू थिए ।

शनिवारको दिन सल्यानको गाडी काठमाण्डौमा किन जन्ती बोकेको भन्ने जिज्ञासामा उनीहरूको प्रतिप्रश्न थियो यो सरकारले हामीलाई उपलब्ध गराएको गाडी हो हामी चढ्न नपाउने ? सवारी चालक चित्र बहादुर डाँगीले भने सिडियो साहेबले आफन्तको बिहेको लागी आफै पास बनाएर सल्यानबाट केही दिन यही बिहेका लागी काठमाण्डौमा खटाएको बताए ।

उता जिल्ला प्रशासन अधिकारी कमलराज ढकालले भने आफूले सरकारी गाडी दुरुपयोग नगरेको जिकिर गरे । तपाईँ सल्यानको जिल्ला प्रशासन अधिकारीलाई सरकारले उपलब्ध गराएको सुविधाको गाडी काठमाण्डौमा जन्ती बोक्न खटाउन मिल्छ भन्ने प्रश्नमा ढकालले भने मलाई दिएको गाडी मैले प्रयोग गर्न किन नपाउने ? टिभी अन्नपुर्णमा खबर छ ।

रोचक त यो छ आफ्ना लागी आफै पास बनाएर सरकारी गाडी बिहेका जन्ती बोक्न पठाएका प्रमुख जिल्ला अधिकारी ढकालले गएको हप्तामात्रै भष्ट्रचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसका दिन शुसासनका लागी प्रतिवद्धता भन्दै हस्ताक्षर गरेका थिए

३ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको