तकसेरा समाज जापानका अध्यक्ष ईश्वरमान बुढा मगरको बिदाई


लक्ष्मण घर्ति मगर/१६ डिसेम्बर २०१८ । रुकुम पुर्वको तकसेराबाट जापान आएका तकसेराबासीहरूको साँझा संस्था “तकसेरा समाज जापान”का अध्यक्ष श्री ईश्वर मान बुढा मगरको भव्य विदाई गरीएको छ । यही डिसेम्बर १५ तारिकको दिन, टोयोटाशी स्थित तकसेराकै लोकबहादुर बुढा मगरको रेष्टुरेण्ट “लोसन” मा समाजका कार्यवाहक अध्यक्ष तिर्थमान बुढा मगरको सभापतित्वमा उक्त विदाई कार्यक्रम सम्पन्न भएको हो ।

बिगत लामो समय देखी जापानमा बस्दै आएका ईश्वरमान बुढा मगर २०१८/८/१७ मा स्थापना भएको तकसेरा समाज जापानका संस्थापक अध्यक्ष हुन । विदाई कार्यक्रम तकसेरा समाज जापानका सचिव युवराज घर्ति मगरले सन्चालन गरेका थिए भने प्रमुख अतिथि विदा भएर जाँदै गरेका अध्यक्ष ईश्वरमान बुदा मगर लाई नै बनाईएको थियो ! यस्तै संस्थाका बरीष्ठ सल्लाकार लोकबाहादुर बुदा मगर,सल्लाकार तपजित बुदा मगर ,सल्लाकार नबिना बुदा मगर ज्यु र संरक्षक कौडा बुदा मगर ज्यु लगायतको अतिथ्यता रह्यो । कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष्य उपाहार घर्ति मगर ज्युले गर्नु भयो र सल्लाकार लोकबहादुर बुदा मगर ज्यु संरक्षक कौडा बुदा मगर ज्यु लगायत ले मनतव्य दिनु भयो । डिसेम्बर २१ तारीख नेपाल जाँदै गरेका उहाँ ईश्वरमान ज्यूलाई कार्यवाहक अध्यक्ष तिर्थमान बुदा मगर द्धारा तकसेरा समाज जापानको तर्फ बाट सम्मान-पत्र ले सम्मान गरीएको छ ।

सम्मान पछी अध्यक्ष बुढाले धन्यबाद मन्तव्य दिएका थिए । सो क्रममा उहाँले अत्यन्तै भावुक हुँदै अाफ्नो धेरथोर योगदानको सम्मान र कदर गर्दै समाजले यसरी धुमधामसँग विदाई गर्दा आफु हर्षविभोर भएको बताउँनु भयो, र सबैसँग छुटेर जानु पर्दा मन नरमाईलो भईरहेको कुरा पनि प्रकट गर्नु भयो । औपचारिक कार्यक्रम पछि रात्रि भोजको सुरुवात भएको थियो ! भोजमा श्याम घर्ति र प्रकाश गुरुङ लगायतको टीमले व्यवस्थापन गरेको समाजका प्रवक्ता अभिषेक बुदा मगर ले जानकारी दिए ।

२०७५ पुष ३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको