योजनाको ‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स (भिडियो)


काठमाडौँ । गायिका योजना पुरीको गीत एल्बम ‘योजना’को दोस्रो गीत ‘औँठी खसेछ’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार तथा संगीतकार विशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्वेली लोकभाकालाई गायिका योजना पुरीले नयाँपनमा दिएकी छन् ।

गीतको भिडियोलाई हास्य टेलिसिरियल ‘भद्रगोल’का काकु अर्थात दीपक आर्चयले निर्देशन गरेका हुन्। गीतमा भद्रगोलका सीते बा र चन्द्रमुखीको रमाइलो प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोको प्रमुख फिचरिङमा करिश्मा ढकाल र बिकाश लामिछानेको रहेका छन् ।

सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको गीतमा उदयराज पौडेलको संगीत संमयोजन र मिक्सिङ माष्टरिङ महेश्वर मान राजभण्डारीको रहेको छ। गीतको म्युजिक भिडियोलाई रुरेश राउतले सम्पादन गरेका हुन् ।

२०७५ मंसिर २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको