रुकुममा भरुवा बन्दुक र खुकुरी प्रहार गरे श्रीमानले गरे श्रीमती र छोराको हत्या


मङ्सिर २, रुकुम । रुकुम पश्चिममा आईतवार विहान २ वजेतिर एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय शक्तबहादुर बुढाले आफनै श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय प्रकाश बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपि सुमित खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार आरोपी बुढाले विहान २ वजेतिर घरमै सुतिरहेकी श्रीमतीलाई भरुवा बन्दुक र छोरालाई खुकुरी प्रहार गरी हत्या गरे पनि प्रहरीलाई आईतवार विहान साढे सात बजे मात्रै खवर प्राप्त भएको हो ।

श्रीमती र छोराको हत्या गरि सकेपछि आफुले समेत आत्म हत्याको प्रयास गरेको डिएसपि खड्काले जानकारी दिएका छन् ।उनी घाईते भएका छन् । स्थानियका अनुसार उनी केहि दिन अघि देखी मानसीक सन्तुलन गुमाएर जंगल पसेको भन्ने खुल्न आएको छ ।

साथै उनले मादक पदार्थ समेत सेवन गरी घरमा आएर हत्या गरेको भन्ने खुन्ल आएको डिएसपी खड्काले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

२ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको