दाङमा बस दुर्घटना हुँदा १८ यात्रु घाईते, तीन जनाको गम्भिर


मङ्सिर २, दाङ । भालुबाङबाट लमही आउदै गरेको बस लमही नगरपालिका वडा नं ३ टिकुलीगढमा दुर्घटना हुदा १८ जना घाईते भएका छन् ।

जस मध्य तीन जना गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । ना ३ ख ९४७ नम्बरको स्थानिय रुटमा चल्ने बस पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामापरी मल्लरानी गाउँपालिका वडा नं। ३ चौरपानी प्यूठान निवासी ५७ बर्षिय गोबिन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ४५ बर्षिय रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नं २ डोढही निवासी ८० बर्षिय दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नं ७ भानपुर निवासी २५ बर्षिया सरिता चौधरी, २३ बर्षिया निर्मला कोईराला, राप्ती गाउँपालिका वडा नं ७ निवासी डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नं ५ भुल्के निवासी ४५ बर्षिया हिमा गाहामगर लगाएत अन्य घाईते भएका छन् ।

घाईते मध्य तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको र अन्य घाईतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

२०७५ मंसिर २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको