रोल्पामा ९ किलो चरेशसहित एक महिला पक्राउ


मङ्सिर २, रोल्पा । रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।

रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पा थवाङकी ५१ बर्षीया दिलकुमारी घर्ती रहेकी छिन् ।

घर्तीलाई चरेशसहित पक्राउ गरेको रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए । उनले भने, ‘नियमित चेकजाँचका क्रममा प्रहरीले करिब ९ किलो चरेशसहित थवाङकी दिलकुमारी घर्तीलाई पक्राउ गरेको छ ।

आइतवार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान र लागु औषध सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’

२ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको