मंसिर ८ मा हुने जनसभाको तयारी तिब्र, प्रकाण्डले सम्बोधन गर्ने निश्चित


मंसिर २, काठमाडौँ । नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ ।

जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मंसिर ८ गतेको जनसभा भव्य हुने अाकलन समेत गरेका छन् । प्रचारप्रसारलाई तीव्र पार्न नेकपाले केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, प्रकाश डुम्रे, भीमप्रसाद चापागाईं र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार काठमाडौमा सम्पन्न भएको थियाे ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए ।

बैठकले जनसभाको प्रचारमा भएका वालिङ, पोस्टरिङ, कोणसभा, घरदैलो, अपिललगायत प्रचारको तयारीबारे समीक्षा गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष एवम् प्रचार समितिका सदस्य प्रकाश डुम्रेले बताएका छन् ।

बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको समितिका संयोजक मिलनले बताएका छन् । ८ गतेको कार्यक्रमा नेकपाले देश तथा जनताको नाममा सम्बोधन गर्ने समेत बताईएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने र अागामि रणनीति बारे ठोस धारण राख्ने महत्त्वपूर्ण कार्यक्रमको रुपमा छलफल भएको पत्रकार सँगठनका अध्यक्ष प्रकाश डुम्रेले बैठक पछि बताए ।

२ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको