नेविसंंघ विवाद: कांग्रेस नेतृत्व विभाजित, आज २ बजे पुनः बैठक बस्दै


मंसिर २, काठमाडौँ । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ ।

पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो ।

कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २ बजेका लागि अर्को बैठक आह्वान गरिएको छ ।

२०७५ मंसिर २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको