तिमिलाई जिताउनुको खै के अर्थ भो… ?


  • कमला भट्टराई/इलाम 

न तिमिले जित्नुको अर्थ भो
न हामिले जिताउनुको अर्थ भो
अर्थ भो त केवल तिम्रा ती
आदर्श र लेण्डुप भासणको मात्र अर्थ भो

हिजो जस्ले घोर बिरोध गर्थ्यो
आज तिनै तिम्रा मालिक बने
हिजो जो जीवन मृत्यु नभनी लडे
आज तिनै तिम्रा लागि अयोग्य बने

हिजो जस्तो थियो आज पनि उस्तै भयो
हत्या हिंसा बलात्कारको पो बिगबिगि भयो
अरुले जस्तो गरे तिमिले पनि उहीँ दोहोर्यायौ
खोक्रा भासण छर्दै झुटतन्त्र पो बडायौ

ठूलो आशा अनि भरोसामा जिताएका हामीले
तिनै आशा र भरोसाको खिल्ली उडायौ तिमिले

तिम्रो लागि न भोट माग्नुको अर्थ भो
न हामिले भोट दिनुको नै अर्थ भो
अर्थ भो त सृफ तिम्रो भलाइ भो त केवल तिम्रो
त्यसैले न तिमिले जित्नुको अर्थ भो
न हामिले जिताउनुको अर्थ भो

२०७५ मंसिर २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको