सल्यानमा सांसद र मेयरको बिरोध गर्दै सडक अबरुद्ध


कार्तिक १, सल्यान । सल्यानमा सांसद टेक बहादुर वस्नेत र बागचौर नगरप्रमुख लोकमान बुढाथोकीको बिरोधमा बाटो अबरुद्ध पारिएको छ ।

जिल्लाको बागचौर नगरपालिका ९ कुयापानीमा रहेको सुर्य प्रकाश आधारभुत विद्यालयमा आज भएको भुपु विद्यार्थी र शिक्षकहरुको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्न गएका सांसद बस्नेत र मेयर बुढाथोकीको बिरोध गर्दै बिच बाटोमा रुख काटेर सडक अबरुद्ध पारिएको छ ।

सांसद र मेयर दुवै कार्यक्रमको उद्घाटन गर्न विद्यालय प्रवेश गरिसकेपछि बिच बाटोमा रुख काटेर स्थानीयले सडक अवरुद्ध पारेका हुन् । अहिले अबरुद्ध बाटो खुलाउन प्रहरीले रुख हटाउन लागेको छ ।

उक्त स्थानबाट रुख काट्ने आरी, बन्चरो र कालोझण्डा फेला पारेको अस्थायी प्रहरी चौकी पातिहाल्नाले जनाएको छ ।

विप्लव नेकपाको प्रख्यात क्षेत्र मानिने यो ठाउँमा गएको स्थानीय चुनावमा पनि धेरै बम बिस्फोट भएका थिए ।

१ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको