कति रमाइलो पाल्पा रामपुर स्वच्छ हावा पानी ।
वारी पारी हरिया डाडा बीचमा रामपुर छ नि ।।
हरियाली बन पाखा हरियाली डाँडा ।
घाँस कॉटन बन जादा खुट्टामा बिझ्ने काँडा ।।
धर्म प्रति बिश्वास गर्ने राम मंदिर पनि ।
सुन्दर छ हाम्रो रामपुर प्रकृतिको धनि ।।
चारैतिर घाँसे डाँडा चरी आउछिन् कोइली
खेतबारिमा आफ्नै भाका गाउछिन दीदी बैनी।
सबैको मन लगाउने ठाउँ भेटिन्छ रामपुरमा ।
सौन्दर्य उस्तै स्वर्गझै गाँउ देखिन्छ रामपुरमा ।।
पाल्पा तानसेन पर्यो सदरमुकाम झलमल शहर ।
तालपोखरा र भियू टावर छ हाम्रै रामपुरमा ।।
रामघाट मंदिर ,तातोपानि मंदिर दर्शन गरेर ।
आनन्द लिई खुशीको शिखर टेकिन्छ रामपुरमा ।।
त्यो बेझाड़ बाजार अनि किसानबारी झलल
मटेरिकै ठुलोटारमाराष्ट्रिय खेल खेलिन्छ रामपुरमा ।।
लक्ष्मणको यो गजल पढि सकेसी आउनु ।
ए साथी सङ्गी रमाईलो ठाउँ हेरिन्छ रामपुरमा ।।
प्रतिक्रिया दिनुहोस