स्थानियवासीहरुले छाडा गाई-गोरु नगरपालिका कार्यालय परिसरमा हुले


भदौ २, कञ्चनपुर । शुक्लाफाटा नगर पालिकामा छाडा चौपाया व्यवस्थापन जटिल वन्दै गएको छ ।

स्थानियवासीहरुले छाडा चौपायाको नाममा जनप्रतिनिधीहरुले पैसाकमाउन खोजेको भन्दै चौपायाहरुलाई नगरपालिका कार्यालय परिसरमा हुलेका छन । नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न भन्दै जोगवुढा र वाजुरा पठाउने निर्णय गरेको थियो । ठेकेदारले केही दिनदेखी शुकलाफाँटाका १२ सयको संख्यामा गाईगोरुआफूले जिम्मा लग्ने वताएको थियो ।

तर छाडाचौपाया २ हजार भन्दा वढी भएको भन्दै ठेकेदारले गाई गोरुव्यवस्थापन गर्न नसकिने भन्दै छाडा चौपाया त्यतिकै छोडेको हो । गाउँ–गाउँवाट संकलन गरिएका पशुहरुवजारमा मात्र रहदा नगरपालिकाले वयवस्थापन गर्न नसकेको भन्दै स्थानिय वासिन्दा आक्रोसित वनेका छन । स्थानिय वासिन्दाले जनप्रतिनिधीहरु गैर जिम्मेवार भएको आरोप लगाउदै आएका छन ।

स्थानियहरुले नगरपालिकाका जनप्रपतिनिधीहरुले हचुवाका भरमा काम गरेको वताएका छन । श्ुक्लाफाँटाका एकजना स्थानिय वासिन्दा मान बहादुर महराले आफैले सम्झौता गरेको ठेकेदारलाई काममा लगाउन नसक्नुले जनप्रतिनिधीको दक्षतामाथी प्रश्न चिन्ह उठेको वताए ।

जनप्रतिनिधी हु भन्दैमा हावाका भरमा काम गर्न खोज्दा समस्या आएको स्थानियको आरोप रहेको छ । ठेकेदारलाई जिम्मा लगाउने नाममा गाई संकलन गर्दा वजारमा एकाएक छाडा पशु चौपायाको संख्यामा वृद्धि भएको भन्दै स्थानिय आक्रोसिस्थानियहरुले वुधवार छाडा चौपायालाई नगरपालिका कार्यालयको गेटको ताला तोडेर शुक्लाफाँटा नगरपालिका कार्यालय परिसरमा छाडा चौपाया जम्मा गरेको हुन ।

आक्रोसित बनेका स्थानिय महिला तथा पुरुषहरुले गाई वस्तु व्यवस्थापनका नाम वजेट छुट्टाउने र पैसा मिलेर खाने तर समस्या जस्ताको त्यस्तै बल्झाउने गरेको भन्द आक्रोस पोखे ।

शुक्लाफाटा नगर पालिका नाम न वताउने सर्तमा वार्ड नं.–१० का एक जना स्थानियका अनुसार केही वार्ड अध्यक्षहरुले वाजुरा र जोगवुढा लैजाने ठेकेदारसंग आन्तरिक साठगाठ गरेको आरोप लगाए ।

उहाँका अनुसार ठेकेदारलाई रु. प्रति गाई एक हजार दिने र नगरपालिकावाट प्रति चौपाया दुई हजार निकासा गर्नै आन्तरिक सहमति गरेको खुलासा गरेका छन ।

यसैगरी नगर पालिकाले यही जेठ २७ गते छाडा चौपाया वयवस्थापनका नाममा माधव भण्डारी नाम गरेको व्यक्तिलाई पनि शुक्लाफाटाका सम्पुर्ण पशुको व्यवस्थापनको जिम्मा दिएको थियो । भण्डारी अहिले नगर पालिकाको सम्पर्कमा नरहेको नगर प्रमुख दिल बहादुर ऐरले वताउनु भयो ।

यसै गरी भण्डारीले गौशला जिम्मा लगे पछी आर्थिक प्रलोभनमा परेर रु १५ सयका दरले पशु व्यवस्थापन र गौशालको सदस्य वने वाफत ७८ जना भन्दा वढी व्यक्तिवाट अनावश्यकरुपमा रकम उठाएको कलवापुर गौशालामा राखिएका चौकिदारहरुले वताएका छन । भण्डारीका कारण अनावश्यक छाडा पशुचौपायाहरु शुक्लाफाटा नगर पालिकाको खोरमा वृद्धि भएको देखिन्छ ।

नगर प्रमुख दिल बहादुर ऐरले भण्डारीले गाई व्यवस्थापनमा सम्स्या थपेको भन्दै आफूले कडाकानुनी कार्वाही गर्ने वताए । छाडा पशु चौपाया सडकमा एकाएक वढेपछी नगरमा ठुलो समस्याका रुपमा देखापरेको छ ।

यसै विच वुधवार वसेको नगर कार्यपालिकाको वैठकले वेवारिसे पशु चौपायाले सडक दुर्घटना, किसानले लगाएको वालीनाली नोक्सानी र वजारलाई दुर्घन्धीत र फोहर वनाइरहेकोले तत्कालको समस्या समाधान गर्न शुक्लाफाटा ८ को गिठेपानीमा अस्थायी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

छाडा वेवारिसे पशु चौपायाहरुको दिर्घकालिन समस्या समाधान गर्न नगर प्रमुख दिल वहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय दिर्घकालिन समाधान समिति पनि गठन गरेको प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले वताउनु भयो ।

नगरपालिकाले पशु चौपाया व्यवस्थापन गर्न पहिलो चरणमा मंगलवार सामुदायिक वन, इलाका वन, उपभोक्ता समिति, राष्टिूय निकुञ्ज लगायतका सरोकारवाला निकाय संग छलफल गरिएको थियो ।

नगर पालिकाले नगर क्षेत्रमा रहेका वेवारिसे पशुहरुको दिगो समाधान गर्न गत शनिवार डडेल्धुरा र वाजुराका केही नगरपालिकाको माग अनुसार दुई पक्षिय सम्झौता गरी वेदकोट नगरपालिकाको वाटो हुदै पठाउन लाग्दा वेदकोटका केही सामुदायिक वनहरुले चम्फापुरमा अवरोध गरेपछी नगरपालिकालाई पशु व्यवस्थापनमा थप समस्यामा उत्पन्न भएको हो ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको