साउन ०२, काठमाडौं । बलात्कारी लाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै आन्दोलन रहेका महिलाहरु माथि प्रहरीले दमन गरेको छ । उक्त आन्दोलनको नेतृत्व गरिरहेकी महिला अभियान्ता सावित्री सुवेदी लगायत अन्य महिलाहरुमाथि हातपात गरेको छ।
आन्दोलनकी नेत्री सुबेदीले पुरुष प्रहरीले आफुहरुलाई समातेको गम्भीर आरोप समेत लगाएकी छन ।
माइतीघरबाट आफु पक्राउ परेपछि, उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन, ‘प्रहरी नै बलात्कारी जस्तो बनेर महिला आन्दोलनमा महिला पक्राउ गर्न आउछ । पुरुष प्रहरीले महिलालाई समात्न मिल्छ ?’ भन्दै प्रहरी माथि नैतिक प्रश्न उठाएकी छन ।
सुबेदीले आफु अनाम नगरको प्रहरी कार्यलयमा रहेको बताउदै, अनाम नगरको प्रहरी ज्यादती विरुद्ध आएर प्रदर्शन गर्न समेत अपिल गरेकी छिन।
त्यसैगरि अर्धनग्न आन्दोलनकारी महिलाहरु माथि पुरुष प्रहरीले गरेको हस्तक्षेप तथा समातेको बिषयलाई लिएर परदेशबाट एक युवाले प्रहरी माथि प्रश्नै प्रश्नहरु उठाएका छन् । बैदेसिक रोजगारमा रहेका सुर्खेतका किरण बिसीले ‘अर्धनग्न महिलाहरुको आन्दोलनमा पुरुष प्रहरिले हात हाल्न नमिल्ने बताउदै गम्भीर असहमति जनाएका छन् ।
महिला माथि भएको हस्तक्षेपलाई लिएर यतिबेला चारैतिर बिरोध भैरहेको छ ।
हेर्नुहोस किरण बिसिको भनाइ जस्ताको त्यस्तै:
अर्धनग्न महिलाको आन्दोलनमा पुरुष प्रहरिले हात हाल्न मिल्छ ? के राजधानिमा महिला प्रहरिको डफ्फा छैन ? बलत्कारको घटना दिन दुइगुणा रात चौगुणा बढेको बेला सांकेतिक रुपमा भण्डाफोर गर्न प्ऊने महिलाको अधिकारमा प्रहरि हस्तक्षेप किन?
यो सरकारका महिला मन्त्रिहरुले gender र sex मा केहि फरक पत्ता लगाऊन सक्छन ?
बलत्कार रोक्ने अस्त्र कानुन मात्रै हो कि शिक्षा पनि हो ? प्रचारात्मक र प्रतिरोधात्मक अभियान बिना बलत्कार कानुनले रोक्न सक्छ ? प्रश्न गम्भीर छन तर ऊत्तर सरल छ।
यो बिरोधले सरकारलाइ नेपथ्यमा सहयोग गरेको ठहरिन्छ ! यो अभियानकि लिडर मेरो प्रिय साथि एवंम चेलि सावित्री सुवेदीलाइ यथासिघ्र प्रहरि हिरासतबाट रिहाइ गरियोस।
प्रतिक्रिया दिनुहोस