नेबि संघको कार्यकाल तीन महिना थपियो


भदौ २, काठमाडौँ । नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थप गर्ने निर्णय गरेको छ ।

नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ ।

नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल भदौ २ (आज) सकिएको थियो। पार्टीको निर्देशन समितिले १२ औं अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेविसंघलाई संघीय संरचनामा लैजान निर्देशन दिने निर्णय भएको उल्लेख छ ।

नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टका अनुसार संगठनलाई संघीय संरचनामा लैजाने तथा उमेर हदबारे भएका विवाद समाधान गर्नेबारेमा छलफल भइराखेका छन् ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको