कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने


साउन ०२, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने बताएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।

उनले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको