प्रधानमन्त्री ज्यु! कम्युनिष्ट ब्यबस्था भित्र मजदुरलाई किन बाँच्न झनै गाह्रो भयो?


सम्माननीय प्रधानमन्त्री ज्यु,
लोकतान्त्रिक नमस्कार तथा अभिवादन।

प्रधानमन्त्री ज्यु, जनतन्त्र न्याय र अधिकार प्रतिको इमानदारी कम्युनिष्ट सरकार संग छ कि छैन ? पहिलो प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ ।

दलालहरुको उस्तै लुटाई र पिटाईले अझै पनि कति सहेर बसौं । अब फलामलाई काट्ने फलाम बन्नै पर्छ भने, बन्न तयार छौ । हामी कसैको दास बनेर बाँच्न सक्दैनौ । नैतिकता र अस्मिता बेचेर बाच्नु पनि सक्दैनौ। किनकी कम्युनिष्ट सासनको यो छोटो अवधि भित्र सबै भन्दा मजदुरलाई बाँच्नै गाह्रो भयो ।

दैनिक मालिक सेवा गरेर गास, बास र कपास मात्र होइन । एक छाक नपाएर बाच्न नै गार्‍हो हुन लाग्यो । हामी गरिव मजदुर हौ तर आप्रवासी सर्नार्थी होइनौ । हामी श्रम र इमानदारीतामा विस्वास गर्ने श्रमजीवी हौ । त्यसैले उचित ज्याला र बाच्न पुग्ने कामको पक्षमा रहेका छौ । तर यसको ब्यबस्थापन कहिले गर्छ कम्युनिष्ट सरकारले ?

नयाँ नेपालमा झन पछि झन मजदुरहरु बस्न र बाच्न गाह्रो हुदैछ । न कुनै श्रमको मुल्य छ, न सरकार संग मजदुरको जीवन स्तरमा केन्द्रित कुनै योजना छ । हाम्रा सपनाहरू विदेशी बजारमा लिलाम गर्न अब सक्दैनौं। हाम्रो सुन्दर देश श्रमको सिपालु हामी नेपाली हुँदा हुदै पनि हाम्रा सीपलाई अबमुल्यकन किन गरिन्छ ?

गणतन्त्र र समाजवाद भनेको मजदुरले बाच्न पाउने बाताबरण भएको व्यवस्था होइन र ? होइन भने तपाईंको समाजवाद नेपालबाट नदिनाला, स्रोत साधन र जडिबुटी दिल्ली सम्म पुराउने सप्लाएर समाजवाद हो कि, सबैले स्वाभिमान पुर्वक बाँच्न पाउने समाजवाद हो ?

नत्र भने, राजनीतिक परिवर्तन भएको पनि धेरै समय भयो । मुलुकले संविधान पाएको पनि धेरै नै भयो । केन्द्र सरकार स्थानीय सरकार र प्रदेश सरकार भएको पनि लामो समय नै हुन लाग्यो । सबै सरकारको गति र योजना र भिजन देख्दा साच्चिकै हाम्रो मुलुकका नेतृत्वको अभाव हो कि, कसैको दबाब बुझ्न नै गार्‍हो छ ।

सम्माननीय प्रधानमन्त्री ज्युलाई के अनुरोध गर्न चाहन्छु भने अहिलेको बिज्ञानमा मजदुरहरुले निर्माण गरेको प्राविधि सबैले राम्रो संग नै उपयोग गरेका छौ भने तपाईंहरु मजदुरले निर्माण गरेको सबै प्राबिधिको उपयोग गर्न मिल्ने तर मजदुरले बाच्नको लागी संघर्ष गरिरहदा एक सब्द पनि बोल्न नसक्ने किन? स्वदेशमै बाच्न र देश निर्माणको ठोस योजना नभएको हो कि ? कुनै उपाय नखोजिएको हो?

अब हामी श्रम गरेर बाच्न र देशको लागी लड्न त्यतिकै आत्तुर छौ ।

हामी गर्न सक्दैनौं भनेर बसेका होइनौं । गर्ने बाताबरण निर्माण होस् भनेर हरेक आन्दोलनको मसाल बाल्न तयार भएर तपाईंहरु लाई संसद भवनमा पुराएका छौ । नेपाल एक बिकास उन्मुख देश हो, मालिक र मजदुरको सम्मान व्यवस्था हुनुपर्छ । मजदुर माथि भएको दलाल ठेकेदारी प्रथा खारेज हुनुपर्छ । दलाली कारण गरेर मजदुर पलायन गराउने सोचले मजदुर मात्र पलायन गराएको छैन ।

मजदुर संग भएको सिप कला र प्रतिभा सम्म पलायन हुनुको कारण मजदुर माथी भएको दलाली कारण नै हो । यहीँ स्थिति रहिरह्यो भने भारतको जस्तो मालिक र मजदुर धनी र गरिब बिच ठुलो बिभेदको खाडल हुदै गरिब र मजदुरहरु कि त बिद्रोह गर्न तयार हुनेछन् कि त प्रती दिन आत्महत्या गर्न बाध्य ।

हामीलाई यतिबेला तपाईंहरुको चुनाव जित्ने घोषण पत्रको खुबै याद आउने गर्दछ । सार्बजनिक सभामा गरेका त्यो मिठो भाषण संग बजेको गडगडाहट ताली चुनाव जित्नको लागी मात्र थियो त?

तर यस्तो लाग्दै छन्, स्थानीय सरकारको नाममा गाउँगाउँमा जंगे अड्डाहरु खडा हुँदै छन् । जनताको सासन जनताले गर्ने ब्यबस्था नभई, जनताको सासन नयाँ राजाहरुले राज गर्ने दिन आयो । यसरि के देश चल्ला र प्रधानमन्त्री ज्यु ?

जनतालाई अधिकार सप्पन्न बनाउने भ्रष्ट तस्कर दलालीको पन्जाबाट मुक्त बनाउने साहसी बलवान नेतृत्वको फेरीपनि खाँचो महसुस भएको छ । सबै स्वार्थ त्यागेर एक पटक मजदुर किसान र उत्पीडितको पक्षमा न्याय दिन सक्ने नेतृत्व चाहिएको छ। सस्तो लोकप्रियता पनि चाहिएको होइन । श्रमकाे सहि मुल्य बुझ्ने, जनतालाई परेको अन्याय सहन नसक्ने बलवान नेतृत्व चाहिएको हो ।

अहिले चलिरहेको दलाल पुजिवादले सबै क्षेत्रलाई धरासाई मात्र बनाएको छैन । गरिब माथि निकै अभाव र बर्बरताको पर्खाल खडा गर्दै अन्यायमा राखिदै छ । समाजवाद, लोकतन्त्र, जनतन्त्रको मिठो सपना देखाएर दलाल, भ्रष्ट र कमिसनखोरहरुको चक्रमा घुम्ने दलाल पुजिवाद धोका र अपमानको चक्र हो भनेर नागरिकले बुझेन थाले ।

सम्मानिय प्रधानमन्त्री ज्यु । यदि न्याय संमान्ता रहेन भने अन्तिम विकल्प मुक्तिको लागी बिद्रोह न्यायको लागी संघर्ष अनिवार्य हुनेछ । यो नैसर्गिक अधिकार पनि हो ।

बामपंथी सरकारको ईमान नैतिकता र समाजवाद उत्पीडित जनताको निस्वार्थ सेवा भनेर पार्टी गठन गरेर सरकार सन्चालन गरिरहदा हामीले पनि धेरै अपेक्षा गरेका थियौ । मजदुरले बाच्न पाउने गरि श्रमको मुल्य होस भन्ने अपेक्षा थियो । किसानलाई जमीन सहित उत्पादनमा आत्मनिर्भर बनाउने योजना दिइयोस् भन्ने नै थियो ।

तर काम कुरा एकातिर नेता जति दिल्ली तिर भएकै कारण सामान्य मान्छेहरु अत्यावश्यक मागको नसुनेझैं गरेर बस्नुले धेरै अर्थ र धेरै आक्रोश निस्कदै छ । यहीँ अवस्था रहिरह्यो भने सामान्य मान्छेले बालेको मसाल निकै बलवान रहनेछ । त्यति बेला इतिहासले मुल्यांकन गर्नेछ ।

जनताहरुले कम्युनिष्ट ब्यबस्थाको नयाँ परिभाषा खोजिरहेका छन् । उस्तै पुरानो राज्य ब्यबस्था र प्रणालीलाई आर्यघाट लैजान तयार हुदैछन । यस्तो संकटको घडी लाई बेलैमा हेर्ने र बुझ्ने चेष्टा गरियोस ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको