झापालीहरुले युएईमा यसरि भब्य मनाए तिज


अगस्ट १७, युएई । झापाली समाज युएईको आयोजनामा तीज विशेष साङ्गीतिक कार्यक्रम भव्यताका साथमा सप्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा १७ अगस्ट शुक्रबार दुबईको अलकुजस्थित डुलस्को हलमा आयोजना भएको कार्यक्रममा करिब १ हजार २ सयभन्दा धेरै दर्शकहरु उपस्थित भएको कार्यक्रम संयोजक पारस लामाले जानकारी दिएका छन् ।

कार्यक्रमका मुख्य आकर्षक हास्यकलाकार राजा राजेन्द्र, गायक तारा प्रकाश लिम्बू र गायिका जुनु प्रसाईले आफना रोचक प्रस्तुतिले दर्शकहरुलाई पुर्ण मनोरन्जन दिलाएका थिए । नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा शुरु भएको छोटो औपचारिक कार्यक्रमको सभापतित्व झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले गरेका थिए । समाजका महासचिव तेजमणि सुवेदीले संचालन गरेको औपचारिक कार्यक्रममा युएईमा कृयाशिल सामाजिक संघसंस्थाका प्रतिनिधि, युएईका सफल व्यावसायीहरु, पत्रकारहरु अतिथिका रुपमा सहभागी भएर उल्लासपुर्ण वातावरणमा नाचेर र गाएर तीज कार्यक्रम सम्पन्न भएको समाजका परिकल्पनाकार तथा प्रवत्त्क्ता रामप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

नेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन् २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले विगत ३ वर्षदेखि असहाय बालबालिकाहरुको अध्ययनमा सहयोग गर्न १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएर यसपाली पनि उदेश्यमुलक तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना ग़रेको हो ।

कार्यक्रममा चर्चित हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले समसामयिक विसयमा व्यङ्ग्य गर्दै युएईका नेपालीहरुलाई मनोरञ्जन दिलाए भने गायक तारा प्रकाश लिम्बूले आफना कालजयी र लोकप्रिय गीतहरु गाएका थिए । नवगायिका ज़ूनु प्रसाईले आफनै सुमधुर गीतहरुका साथमा तीज गीत पनि गाएर माहोल रमझमपुर्ण बनाएकी थिइन् । युएईका नेपाली कलाकर्मीहरु पारस लामा, टिका कट्टेल लगायत २० जनाले आआफ्ना प्रस्तुती राखेर सबैलाई नचाएका थिए ।

“झापाली समाजको नयाँ सोच असाहय बालबालिकाको लागि दश लाखको अक्षय कोष” भन्ने नाराले यो वर्ष सार्थकता पाउने विस्वास लिएको समाजका अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।

अक्षयकोष स्थापनाकै लागि समाजले यो भन्दा अगाडि विभिन्न कार्यक्रम गर्दै आएको र अहिले सम्म कोषमा करिब ५ लाख रुपैयाँ जम्मा भएको समाजका कोषाध्यक्ष भरत बूढ़ाथोकीले जानकारी दिएका छन् ।

कार्यक्रमलाई भब्य, सभ्य र ऐतिहासिक बनाउन समाजका ७ ओटै इमिरेट्समा रहेका क्षेत्रीय समितिबाट उल्लेख्य मात्रामा नेपालीहरूलाई कार्यक्रममा सहभागी भएको समाजका अध्यक्ष चाँपागाईले बताए ।

सात समुन्द्रपारी भए पनि नेपाली दाज़ुभाई दिदीहरूसंग मिलेर चाडबाड मनाउन तथा भेटघाटको मौका साथै परदेशको दुःख भुल्न यो कार्यक्रमहरू सफल भएको समाजकी केन्द्रीय सदस्य एवम महिला विभाग प्रमुख लिला बिमलीले जानकारी दिएकी छन् ।

नेपाली महिलाहरुको महान पर्व तीजको रमझमसँगै असहाय बालबालिकाहरुको शिक्षामा योगदान गर्न सकिएको कारण यो कार्यक्रमको सामाजिक महत्त्व धेरै भएको समाजकी उपाध्यक्ष एवं महिला विभाग उप- प्रमुख रेणु ढ़कालले बताइन् । कार्यक्रममा समाजका हरेक गतिविधिमा सक्रियतापुर्वक योगदान गर्ने केन्द्रीय समितिबाट सचिव प्रकाश सिग्देललाई कदर पत्रका साथमा सम्मान गरिएको थियो भने दुबईबाट इवनारायण तिवारी, सारजहाबाट रत्न सापकोटा, रासअलखेमाबाट रुक्मान थापा, फुजेराबाट खगेन्द्रकुमार कट्वाल र अलएनबाट लिलबहादुर बस्नेतको समाजप्रतिको सकारात्मक योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गर्ने घोषणा गरियो । यसैगरी गत फेब्रुअरीमा सप्पन्न झापाली समाजको दोस्रो अधिवेशनमा निर्वाचन समितिमा रहेर नयाँ नेतृत्व चयन गर्न सहयोग गरेका नरेश लामिछाने, हेमसागर भट्टराई, दुर्योधन कार्की र मेघराज सापकोटालाई पनि निकट भविस्यमा कदर पत्रका साथमा सम्मानित गरिने बताइएको छ ।

कार्यक्रमको मुख्य प्रायोजक एभरेस्ट प्याराडाईज रेस्टूरेण्ट र युएई एक्सेन्ज रहेका थिए भने प्रायोजकहरूमा हिमाल रेमिट, नाङलो रेस्टूरेण्ट, हाम्रो म:म हाउस, बराह ज्वेलर्स, अलहलिया एक्सेन्ज, क्याटमाण्डू म:म हाउस, नेपाली रेस्टूरेण्ट, सिवाकोटि एचआर ग्लोबल, नेपाली टेलर, झिन रेस्टुरेन्ट क्रिस्टल प्लाज़ा, युनीटी फ़ोरेन इन्वेस्टमेण्ट कम्पनी, काठमाडौं ट्राभल्स, डिस्कभरी रोयल स्पोर्ट्स, सिर्जनशील बचत तथा लगानी कोष, सुरक्षित बचत तथा लगानी कोष, पिंपल ट्राभल्स, रिया आइएमी, शुभयात्रा ट्राभल्स, ड्रीम फ़्यूजन इन्वेस्टमेण्ट, नमस्ते ट्राभल्स एण्ड टूर र ट्राभ हिल डटकम, ग्लोबल आइएमई बैंक, युनिभर्सल ब्लु ओसन कन्स्ल्टेन्सी, सन्जय गार्मेन्ट एलएलसी, मम हाउस मुसाफा, होटेल जागरुक प्राली काठमाडौं आदि रहेका थिए ।

त्यस्तै मिडिया पार्टनरमा हाम्रो दमक एचडि, अनलाईन आवाज, प्रबासी अनलाईन, ईपाथीभरा, मोफसल अनलाईन, शब्द खबर अनलाइन, पोस्टपाटी डटकम, तीनज़ूरे अनलाईन न्यूज़7नेपाल, रहेका थिए ।

असहाय बालबालिकाको शिक्षाको लागि दश लाखको अक्षय कोष निर्माणार्थ आयोजना गरिएको झापाली समाज युएईको तीज बिशेष सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गराउन सहयोग गर्ने सबै प्रायोजकहरु, कलाकारहरु, अतिथिहरु, स्वयंसेवकहरु, आजीवन सदस्य तथा अहोरात्र खटने सम्पूर्ण क्षेत्रिय तथा केन्द्रीय समितिका पदाधिकारीहरुलाई समाजका अध्यक्ष चापागाईंले हार्दिक आभार प्रकट गरेका छन् ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको