आमाबाबालाई मात्र होइन, स्वास्नी पनि अलपत्र पार्ने नुर प्रसाद, पुत्र की कुपुत्र ?


त्यो छोरो, जो बाबुको लास सरकारी अस्पतालमा कुहाएर सरकारसँग करोडौं बाग्रेनिङ गर्दै, लुक्ँदै र भाग्दै हिड्छ । अनि उसले आफुले जन्माएको छारोको न्वारन गर्दैन । पत्नीलाई १० वर्षदेखि विचल्ली बनाएर काठमाडौंका सडकमा मरेतुल्य बनाउँछ । प्रहरीले पत्ता त लगाउँछ, तर डलरको संगतमा परेको त्यो मान्छेलाई चलाउने कसरी ?

गंगामाया अधिकारीले अनसन तोड्नुअघि राखेको शर्तअनुसार सरकारले छोरा नूरप्रसादलाई सम्पर्कमा त ल्यायो । तर, उसलाई खोजन हिँडेको प्रहरीसामु एउटा यति कहालीलाग्दो कथा पटाक्षेप भयो कि, ती चेलीको वेदना सुनिसक्दा तपाई हामी नूरप्रसादलाई थुक्न बाध्य हुन्छौं । प्रहरीसँग नूरप्रसादको मोबाइल नम्बर थियो । त्यसमा फोन आए, गएको आधारमा अनुसन्धान गर्दा एउटा नम्बर फेला पर्यो । उनी थिइन् गोरखाकी महिला । नाता बुझ्दा नूरप्रसादकी श्रीमती भन्ने खुल्यो । जबकि, नूरप्रसादले बाबु मारेपछि आमाबाहेक कोहि छैनन् भन्ने गरेका थिए । तर, पत्नी नै फेला परेपछि प्रहरी उत्साहित भयो ।

अनुसन्धानमा खटिएका एकजनाले फेन गरे, म कन्ट्याक्ट कुरियरबाट हो । एउटा सामान आएको छ, पार्सलमा । मोबाइलजस्तो छ । कहाँ ल्याइदिऊँ ? उनी छक्क परिन् । सोधन्, मेरो को छ र पार्सल पठाउने ? होइन होला । फोन गर्नेले भने, हजुरको नाम र नंम्बर यही होइन त ? उनले भनिन् । तयसपछि बोलाइन्, घण्टाघर पछाडि, एनबी बैंकसँगै रहेको कारोबार मिडिया (विज्ञापन एजेनसी) को अफिसमा । त्यहाँ उनी सामान्य कामदार । पुग्नेबित्तिकै उनले ती व्यत्ति चिनिहालिन् र साधिन्, तपाईहरू त प्रहरीजस्तो देखिनुहुन्छ । प्रहरीले सरी म्याडम, तपाईसँग झुठो बोल्नु बाध्यता थियो भन्दै कुरा शुरु गरे ।

‘हामी नूरप्रसादजीलाई खोज्न हिँडेको’ भन्दाभन्दै उनले गहभरि आँशु पारिन् । एकछिन बाहिर गएर कुरा गरौँ न भनिन् । प्रहरी उनीसँगै थारै बाहिर, एकान्तमा पुगे । त्यसपछि उनी भक्कानिएर रोइन् । केहिबेर राएर एक घुट्का् पानी पिएपछि बल्ल बोल्न थालिन् । १० वर्ष भयो सर, उनीसँग भेट भएको छैन् । नाताले लोग्ने त हो, तर नाताको लोग्नेले जिनदी चल्दैन रहेछ ।

मलाई सडकमा छाडेर हिँड्यो । छोरो जन्मियो, न्वारन नगरि, बिचल्ली पारेर हिँड्यो । कहिले मागेर खाए, कहिले काम गरेर खाए । जसरी पनि छोरो हुर्काए । सम्र्पक गर्न खोज्दा उल्टै हप्कीदप्की गर्थो । त्यसैले दिएको यातना सम्झिँदा बाँच्न मन लाग्दैन् । तर, छोरो हुँकिन्दै छ । म छोरोको लागि मात्र बाचेकी हुँ सर…

पत्नीले फुजेल घटनापछि छिमेकीहरूसँग दुश्मनी नराखौं भनेकी थिइन् । नमर्नुपर्ने भाइ मर्यो, अब अरुको उक्साहटमा छिमेकीलाई दोष लगाएर नबसौं भनेकी थिएँ, उनले नूरप्रसादले आफूलार्इ यातना दिनुको कारण सुनाइन, यसो भनेपछि तँ पनि माओवादी होस्, हामीलाई पनि मार्छेस् भन्दै यातना दिन्थ्यो । गाउँमा यातना मात्रै दिएनन्, गोरखामै माइत भएकी उनलाई काठमाडौं ल्याएर अपरिचित शहरको भिडमा एक्लै छाडी उनी भागेका थिए । छोरो जन्मिएपछि खबर पनि पठाएको । तर, जेसुकै जन्माए पनि मलाई मतलब छैन भन्दै गाली गर्ने ।

नूरप्रसादले धोका दिए । अमानवीय व्यवहार गरे । अहिले छोरो काठमाडौंको एक निजी विद्यालयमा कक्षा ६ मा पढ्छन् । ९ वर्ष भयो स्कुल जान थालेको । यसरी आफूले जन्माएको छोराको पढाई र रेखदेखमा नूरप्रसादको एक रुपैयाँको योगदान छैन् । तर, पत्नीले बाँच्ने नाममा अरु कुनै पुरुषलाई हेरिनन् । अहिलेसम्म नूरप्रसादकै नामको सिन्दुर लगाएर बसेकी छन् । मनभरि नूरप्रसादप्रति घृणा छ । उनले दिएको चोटले अहिले पनि जिन्दगी भारी बनेको छ ।

बाँच्न पनि मन छैन् । तर, उ आफ्नो कोखबाट जन्मिएको छोरोको बाबु हो । नूरप्रसाद मान्छेका अगाडि पत्नीलाई होच्याउन जे पनि भन्छन् । जस्तो कि, प्रहरीले पक्राउ गरेरु ल्याउनासाथ तपाई सरकारसँग करोडौंको बार्गेनिङ गर्दै मरेको बुबाको लाश कुहाउने मान्छे, उता श्रीमती र छोराको त्यो बिचल्ली बनाउनुभएको रहेछ भनी कुरा निकाल्यो ।

नूरप्रसादले भने, को छोरा ? को श्रीमती ? मेरो कोहि छैनन् । यस्तो कुरा सुनेर प्रहरीले उनलाई के भन्यो थाहा छैन, तर कोही मामुली मान्छे भएको भए मुखभरि थुकेर, कस्सिएर दुई चार लात हान्थ्यो । नूरप्रसादको पत्नीको पीडा सुनेपछि पहिला कुरियरबाट पार्सलमा मोबाइल ल्याइदिएको छु भन्नेले अप्ठेरो माने । भने म्याडम, हजुरको कुरा सुनेर मलाई पनि रुन मन लाग्यो । झुक्याएँ । मलाई पछुतो लाग्यो, अघि अनुसन्धानका नाममा हजुरसँग झुठो बोलेकोमा । म हजुरलाई हप्ता दश दिनमै मोबाइलचाँहि गिफ्ट दिने भएँ । अन्यथा नलिनुहोला…। -अास्था साप्ताहिकबाट ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस