अाईसिटि अवार्ड २०१८ सम्पन्न


भदौ २, काठमाडौं । लिभिङ विथ अाइसिटिकाे अाईसिटि अवार्ड २०१८ सम्पन्न भएको छ ।

सुचना प्रविधिमा उत्कृष्टता र सम्भावना काे खाेजि भन्ने नाराका साथ राजधानीमा अायाेजित एक कार्यक्रममा पुरुस्कार वितरण गरिएकाे हाे। लिभिङ विथ अाईसिटि म्यागेजिनले विगत ३ बर्ष देखी अाईसिटि अवार्ड अायाेजना गर्दै अाएकाे छ ।

उक्त अवार्ड कार्यक्रममा मा अाइसिटि मिडिया रिकग्निसन अवार्ड विधामा नागरिक दैनिकमा कार्यरत पत्रकार सन्ताेष न्याैपाने र नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार गाेपाल साउदलाई प्रदान गरिएकाे छ।

यस्तै अाईसिटि नेपाली डायसपाेरा अर्वाड विधामा लिभ फ्रगका संस्थापक हिमाल कर्माचार्यलाई प्रदाण गरिएकाे छ।उनि अमेरिकामा रहेर सफ्टवेयर विकास गरी नेपाल र नेपालीलाई सेवा दिदै अाएका छन।

अवार्ड कार्यक्रममा यस बर्ष अाइसिटि पायाेनियर अवार्ड विधामा मर्कन्टाइल प्रालीका संस्थापक तथा अध्यक्ष संजिवराज भण्डारी लाई प्रदान गरिएकाे छ। उनले नेपालमा पहिलाे पटक सन १९८० मा इन्टरनेट भित्र्याउने कम्पनीको रुपमा स्थापना गरी बैंक वित्तिय संस्था र सरकारी कार्यालयलाई समेत इन्टरनेट प्रदान गरेका थिय।उनले नेपालमा पहिलाे पटक NepalNews.com नामक वेबसाइट पनि सञ्चालनमा ल्याएका थिय।

यस्तै अवार्ड कार्यक्रममा अाइसिटि अान्टरप्रेनर अवार्ड मा विधामा एफ वान सफ्ट इन्टरनेसनल का संस्थापक विश्वास ढकाललाई प्रदान गरिएकाे छ।उनले एफ वान सफ्ट मार्फत उच्च गुणस्तरीय सफ्टवेयर प्रदानगरी नपालमा अनलाइन पेमेन्ट गेटवेय भित्र्याएका थिय।

त्यस्तै डिजिटल गभर्नेन्स अवार्ड विधामा नेपालमा प्रहरीलाई प्रदान गरिएको छ।नेपाल प्रहरीले आफ्‍नै डेटा सर्भर राखी नागरिकका समस्या समाधान गर्दै आएको र विदेसबाट अनलाइन मार्फत नै क्‍यारेक्टर बनाउन मिल्‍ने गरी सेवा दिइरहेको छ।

यस्तै बेस्ट अाइसिटि स्टार्टअप अवार्ड विधामा पिपुल डेभलपमेन्ट ल्याब लाई प्रदान गरिएकाे छ।पिडिएल ले प्रविधिको प्लाटफर्मबाट मानिसहरुलाई करिअर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्यांकन र परिभाषित गर्दै आएको छ।

यस्तै बेस्ट अाइसिटि प्रडक्ट अवार्ड विधामा अाइसाेलुसन लाइफ र जुरी मेन्सन अवार्ड विधामा सारथी लाई प्रदान गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुचना तथा संचार प्रविधि मन्त्री गाेकुल बास्काेटा , बिशिस्ट अतिथि नेपाल प्रहरीका अाइजिपि सर्बेन्द्र खनाल , केदार बहादुर अधिकारी , महेन्द्रमान गुरुङ , यम कुमारी खतिवडा , माधब ढुङ्गेल , महेन्द्र बिस्ट , अतिथिहरु गणेश शाह , सुनिल पाैडेल , किशाेर श्रेष्ठ ,विनाेद ढकाल , अस्गर अली , ज्ञानेन्द्र ढुङ्गाना सगै अन्य अतिथि पत्रकार हरुकाे पनि उपस्थिति रहेकाे थियाे।उक्त कार्यक्रम काे प्रत्येक्ष प्रसारण न्युज २४ टेलिभिजन फेसबुक पेज र Youtube बाट पनि भएकाे थियाे।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको