दाङका १७ बर्षीय युवक हराएको एक महिनापछि भिरमा मृत अवस्थामा भेटिए


पुस २, दाङ । एक महिनादेखि परिवारबाट सम्पर्कविहीन भएका घोराही उपमहानगरपालिका—१३, का १७ वर्षका सुवास पुनको शव फेला परेको छ ।

कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको शव घोराही—१९, को हरिकिसे जंगलको भीरमा सोमबार फेला परेको छ । स्थानीय महिलाहरु दाउरा संकलनका लागि उक्त जंगलमा गएको समयमा शव देखेपछि स्थानीयवासीलाई गरेका थिए ।

मृतक पुनका भिनाजु बिबेक गुरुङले कपडामार्फत् शवको पहिचान गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य जंग रोकाले जानकारी दिनुभएको छ ।

मृतक पुनको शव अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ । शव गलेको अवस्थामा फेला परेको वडा सदस्य रोकाले जानकारी दिनुभयो ।

साथीहरुसँग प्यूठानको स्वर्गद्वारी घुम्न गएको समयमा पुन परिवारको सम्पर्कमा थिएनन् । उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना साथीहरु भने घर फर्केका थए । सँगै गएका अरु घर फर्के पनि उनी घर नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो ।

२०७५ पुष २,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको