स्मार्टफोन १ वर्षसम्म प्रयोग नगर्ने व्यक्तिलाई भिटामिनवाटरले १० हजार डलर पुरस्कार


पुस २ काठमाडौ । के तपाई पत्याउनु हुन्छ अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबायल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो मानिस माेबायलकाे लत छुटाउन धेरै प्रयास गर्छन तर सक्दैन्न। तर कोकाकोलाको ब्राण्ड भिटामिनवाटरले १ वर्षसम्म मोबाइलबाट टाढा रहने मानिसका लागि १० हजार डलरको योजना ल्याएकाे छ।

यो योजनामा भाग लिनका लागि मानिसले एक वर्षसम्म मोबाइल प्रयोग गर्न पाउने छैन्न । यसमा पुरस्कार पाउनको लागि लाई–डिटेक्टर टेस्टमा पास हुनुपर्ने छ । जसमा मोबाइल फोन प्रयोग गरेको वा नगरेको भन्ने कुरा थाहा पाउन सकिन्छ । यो प्रतियोगितामा भाग लिने मानिसलाई १९९६ को सेलुलर टेलिफोन प्रयोग गर्नका लागि दिइन्छ ।

यस याेजनामा भाग लिनका लागि समाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट ह्यासट्याग ‘नो फोन फर क इयर’ र कन्टेस्टको प्रयोग गरी निवेदन दिन सकिने छ। साथै कम्पनीलाई स्मार्टफोन किन त्याग्न खोजेको र यसबाट बचेको समय के मा खर्च गर्ने भन्ने कुराको जानकारी पनि गराउनुपर्ने हुन्छ ।

भिटामिनवाटरका अनुसार आगामी जनवरी ८ भन्दा पहिला या याेजनामा सहभागी हुनकाे लागि आवेदन दिनुपर्ने छ । छनोट भएका मानिसहरुलाई कम्पनीले सम्पर्क गर्नेछ । यसका लागि कम्पनीसँग एक सम्झौता गर्नुपर्ने हुन्छ । जसमा एक वर्षसम्म स्मार्टफोनको प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो अवधिमा मानिसहरुले ल्यापटप तथा डेस्कटपको प्रयोग भने गर्न सक्ने छन।

२ पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको