काठमाडौंको खाल्डोमा जिप पसेपछि…


पौष ०२, काठमाडौं । राजधानीको गोंगबु चक्रपथमा सोमबार बिहान खाल्डोमा परी एउटा निजी जीप एसयूभी दुर्घटनामा परेको छ। सडक विभागले खुला छोडेको खाल्डोमा बिहान करिव ८ बजे सामाखुसीबाट गोंगबुतिर जाँदै गरेको बा १४ च ९६३७ नम्बरको गाडी गोंगबु चोक पुग्न २० मिटर बाँकी रहँदै यु टर्न गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले त्यतिकै छोडेको खाल्डोमा परेको थियो।

काठमाडौंका युद्ध बहादुर चौलागाई आफूले सडकको बिचमा रहेको अगाडिको खाल्डो नै नदेखेर दुर्घटनामा परेको बताए। उनले १० वर्षदेखि गाडी चलाउँदै आएका छन् ।

यसरि यस्ता खाल्डोहरु नपुर्ने हो भने धेरै दुर्घटना हुने स्थानीयवासीको भनाई छ । दुर्घटनामा परेको गाडीलाई प्रहरीले क्रेन ल्याएर खाल्डोबाट बाहिर निकालेको छ।

विभागले राजधानीका धेरै जसो ठाउँमा खाल्डो खनेर त्यसै छोड्ने गरेको छ। यसअघि पनि बल्खुमा सडक विभागले खुला छोडेको खाल्डोमा परेर साइकल यात्रीको मृत्यु भएको थियो। समयमै यस्ता खाल्डाहरू पुर्न सडक विभागले ध्यान दिएको पाइँदैन।

२ पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको